Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नक्कली शैक्षिक योग्यताका चिकित्सक पक्राउ !

सोमबार, २५ माघ २०७२

काठमाडौँ, २५ माघ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप एक जना व्यक्तिलाई प्रहरीले आइतबार अस्पतालबाटै पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरकारी अस्पतालका रुपमा रहेको सगरमाथा अञ्चल अस्पताल, राजविराजमा कार्यरत चिकित्सक राजेन्द्रप्रसाद दासलाई सो आरोपमा पक्राउ गरेको हो । 

दासले प्रमाणपत्र तह नै उत्तीर्ण नगरी प्रमाणपत्र तहको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरेको भेटिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई सप्तरीबाट काठमाडौँ ल्याइँदै गरेको र त्यसपछि थप अनुसन्धान गरिने उनले जानकारी दिए । 

यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको थियो । 

रासस 

 

प्रतिक्रिया