Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

सातै प्रदेशमा "साइन्स रिसर्च सेन्टर" खोल्छु : विज्ञानमन्त्री थापा

सोमबार, २५ माघ २०७२

काठमाडौँ, २५ माघ । विज्ञानमन्त्री शिवलाल थापाले नेपालका साते ओटै प्रदेशका विभिन्न ठाउँमा साइन्स रिसर्च सेन्टर बनाउने दाबी गरेका छन् ।  आइतबार राजधानीको अमृत साइन्स क्याम्पसमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘म विज्ञानमन्त्री भएकै बेला केही राम्रा कामको शुरुवात गर्दैछु । अहिले संघीय मुलुकको पहिलो एजेन्डा भनेको विभिन्न सात प्रदेशका विभिन्न ठाउँमा साइन्स रिसर्च सेन्टर खोल्ने र नेपालमा पढेरै वैज्ञानिक भएकाहरुलाई त्यही बसेर अनुसन्धान गर्ने वातावरण हुन्छ ।’ उनले भने । 

अहिलेको समयमा विज्ञान र प्रविधिको आवश्यकता धेरै भएपनि राज्यको सोचाई निकै कमजोर भएको उनको भनाई थियो ।  ‘विज्ञान र प्रविधि विकास नभएसम्म देशमा विकास सम्भव छैन् । तर पनि राज्यको विकास भनेकै विज्ञान क्षेत्र यसअघिका सरकारको प्राथमिकतामा नपरेपनि यो सरकारले विज्ञानमा नयाँ किसीमबाट लगानी र योजना ल्याउने गृहकार्यमा जुटिरहेको छ।’ उनले भने । 

सात प्रदेशका राजधानीहरुमा विज्ञानका विषयमा अनुसन्धान गर्न रिसर्च सेन्टर खोलेर सबै विद्यार्थी काठमाडौँ नै आउनुपर्ने बाध्यता हट्ने उनको भनाई छ ।  कार्यक्रममा शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रमा विकास गर्न आवश्यक सुधार र सहयोग गर्न शिक्षा मन्त्रालयको दाबी गरिन् । 

 

 

 

 

 

 

प्रतिक्रिया