Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षा, स्वास्थ्य र खानेपानी नै मुख्य चुनौति 

सोमबार, २५ माघ २०७२

काठमाडौँ, २५ माघ । कृषि विकास मन्त्री हरिबोल गजुरेलले नेपालको मुख्य चुनौतीका रुपमा स्वास्थ्य, शिक्षा र स्वच्छ खाना रहेको बताएका छन् ।  कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आइतबार विराटनगरमा आयोजित होटल, रेस्टुराँको स्वच्छताका लागि प्रयोग गरिने स्टिकर वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

उनले विभिन्न प्रकारका आयातित खानेकुराको चेकजाँचमा बढी ध्यान दिनुपर्ने जोड दिँदै नियमितरुपमा अनुगमन गर्नुपर्ने बताए ।  मन्त्रालयका सचिव उत्तमकुुमार भट्टराईले खाद्यवस्तुमा कहिले पनि सम्झौता गर्र्नुनहुने उल्लेख गर्दै गुणस्तरहीन खानेकुराबाट मानिस बिरामी हुने गरेको बताए ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सजिवकुमार कर्णको अध्यक्षतामा भएको कार्यक्रममा कर्णले स्वच्छताका लागि स्टिकर वितरण राम्रो कामको सुरुवात भएको बताए । 

रासस 

 

प्रतिक्रिया