Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

कालोबजारी अन्त्य र आफूर्ति सहज बनाउन माग गर्दै विद्यार्थीको प्रदर्शन

आइतबार, २४ माघ २०७२

काठमाडौं - कालोबजारीको अन्त्य तथा आफूर्ति व्यवस्था सहज बनाउन माग गर्दै तीन क्रान्तिकारी विद्यार्थी संगठनले कलेज अगाडि प्रदर्शन गरेका छन् ।

एमाओवादी, वैद्य र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गरेका हुन् । उनीहरुले देशभरका क्याम्पस तथा राजधानीका मुख्य क्याम्पस अगाडि विहान एक घण्टा चक्काजाम गरेका छन् ।
प्रदर्शनीमार्गको रत्नराज्यलक्ष्मी, चावहिलको पशुपति, लैनचौरको अस्कल, भक्तपुरको सानो ठिमी, पुल्चोकको पुल्चोक इन्जिनियरिङ, मीन भवनको वानेश्वर क्याम्पस लगायतका स्थानमा उनीहरुले प्रदर्शन सहित चक्काजाम गरे । विद्यार्थीको प्रदर्शनले काठमाडौंको ट्राफिक ब्यवस्था अस्तब्यस्त भएको थियो ।

कार्यालय समयमा भएको प्रदर्शनका कारण कामका लागि जानु पर्नेहरुले हैरानी बेहोर्न बाध्य भए ।

भारतको नाकाबन्दी र यही मौकामा सकृय कालाबजारी नियन्त्रणमा राज्य असफल भएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

पढ्नुहोस् : क्रान्तिकारीहरुद्धारा सयुँक्त आन्दोलनको घोषणा 

गत मंगलबार पत्रकार सम्मेलन मार्फत् उनीहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।
आन्दोलन अन्र्तगत  आपुर्तिमन्त्रीलाई ज्ञापन पत्र बुझाउने देखि आयल निगममा धर्ना, विश्वविद्यालयका उपकुलपति र प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने  र सरोकारवालासंग अन्तरक्रिया गर्ने उनीहरुको कार्यक्रम छ ।

तस्विर अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतको फेसबुकबाट

प्रकाशित मिति २०७२ माघ २४ गते

प्रतिक्रिया