Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

१२ मदरसा विद्यालय बन्द !

आइतबार, २४ माघ २०७२

काठमाडौँ, २४ माघ । आर्थिक वर्ष २०७१/०७२ मा तनहुँ जिल्लाभित्र रहेका १२ वटा मदरसा विद्यालय बन्द भएका छन् ।  दोहोरो विद्यार्थी भएकाले ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । 

बिहान मदरसामा पनि त्यही विद्यार्थी र दिउँसो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी पनि त्यही भएपछि ती मदरसा विद्यालय बन्द गरिएको हो ।  धार्मिक विद्यालयका नाममा सञ्चालित व्यास–११ को मुनस्टार, श्याम्घा गाविसको इस्लामिक, नुरानी उर्दु अरबी, किहुँको इम्दादिया र विस मिल्ला दारुल उलुम मदरसा बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले बताए । 

त्यस्तै किहुँ गाविसको दारुल उलुम र इस्लामिक उर्दु अरेबी, दुलेगौडाको गुल्सन ए वरकात, सतिश्वाँरा गाविसको खोदावक्स इस्लामिक, थप्रेकको दारुल आलुम, भिमाद गाविसको गौशिया अर्लव कार्तिमा र सतिस्वाँरा गाविसकै इस्लाहुल मुस्लेमिन हनाफिया मदरसा बन्द गरिएको छ । 

ती विद्यालय बन्द भएसँगै प्रत्येक मदरसामा जाने रु एक लाख ६८ हजार अनुदानसमेत रोक्का भएको जानकारी सहायक जिशिअ देवकोटाले दिए ।

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया