Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विश्वविद्यालयको डिनमा डा. बोहरा नियुक्त

आइतबार, २४ माघ २०७२

काठमाडौँ, २४ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी सङ्कायको डिनमा प्रा.डा. चन्दनसिंह बोहरा नियुक्त भएका छन् ।   विगत २३ वर्षदेखि सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा अङ्ग्रेजी विषयमा प्राध्यापन गराउँदै आएको प्रा बोहराले अङ्ग्रेजी विषयमा विद्यावारिधिसमेत गरेका छन् ।

यसैगरी सिद्धनाथ बहुमुखी क्याम्पसका प्राध्यापक भास्करदत्त जोशी सोही विश्वविद्यालयको परीक्षा नियन्त्रकमा नियुक्त भएका छन् ।  प्राध्यापक जोशी क्याम्पसका भूगोल विषयका प्राध्यापक हुनुहुन्छ । उनले क्याम्पसमा २४ वर्षदेखि प्राध्यापनको कार्य गर्दै आएका थिए ।  शुक्रबार नियुक्त भएका मानविकी सङ्कायका डिन बोहरा र परीक्षा नियन्त्रक जोशीले आजदेखि विश्वविद्यालयमा कार्यभार ग्रहण गर्ने छन् ।

 

रासस

 

प्रतिक्रिया