Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

एनसिई नेपालको छैटौ बार्षिक साधारण सभा सम्पन्न

आइतबार, २४ माघ २०७२

काठमाडौँ, २४ माघ । शिक्षाका लागी राष्ट्रिय अभियान नेपालको छैटौ बार्षिक साधारणसभा सम्पन्न भएको  छ।  शनिबार राजधानीमा भएको साधारणसभामा देशका विभिन्न ठाउँबाट सदस्यहरु आएका थिए । 

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै शिक्षा विभागका महानिर्देशक खगराज बरालले शिक्षामा आवश्यक सुधारको प्रयासमा निरन्तर लागिरहने एनसिई नेपालको कामको प्रशंसा गरेका थिए ।  यस्तै शिक्षाविद डा. मनप्रसाद वाग्लेले शिक्षाको वैज्ञानिक विकासका लागी सरकारलाई निरन्तर झ्कझकाइरहन आवश्यक रहेकोमा जोड दिए । 

यस्तै शिक्षा मन्त्रालयमा उपसचिव मुकुन्द प्रसाद खनालले सबैको प्रयासबाट मुलुक निर्माण मेरुदण्ड शिक्षा सुधार र विकास हुने धारणा राखे ।  कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधिको सहभागिता रहेको थियो । 

संस्थाका अध्यक्ष राजकुमार गन्धर्वको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आगामी रणनीतिका बारेमा छलफल भएको जनाइएको छ। 

प्रतिक्रिया