Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

भाइरल ज्वरोका कारण विद्यालय नै बन्द !

शनिबार, २३ माघ २०७२

काठमाडौँ, २३ माघ । भाइरल ज्वरोका कारण बझाङमा विद्यालय नै बन्द गर्नुपर्ने स्थिति रहेको छ ।  जिल्लाको मष्टा गाविसमा रहेको शारदा माविमा भाइरल ज्वरो नियन्त्रणमा नआएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको शिक्षक कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । 

विद्यालयमा झन्डै ३०० भन्दा बढी विद्यार्थी भए पनि एकै दिनमा कक्षा १ देखि कक्षा १० सम्मका करिब १५० जना विद्यार्थीमा भाइरल ज्वरो देखिएको बताउनुभयो । उनले भने, “यसले गर्दा विद्यालय नै बन्द गर्नुपर्ने स्थिति रहेको छ ।” 

विद्यार्थीमा सुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखा पर्ने गरेको बताइएको छ । यसरी केही दिन अगाडिदेखि विद्यालयमा यस्तो लक्षण देखापरे पनि सरोकारवालाले कुनै चासो नदिएको शिक्षक उपाध्यायले बताए ।

जिल्ला स्वास्थ्य कार्यलयका डा. मिलन सिलवालले शारदा माविमा विद्यार्थीमा रिङ्गटा लाग्ने, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण देखापर्नु भाइरल ज्वरो भएकाले स्वास्थ्यकर्मीको टोली पठाउने बताए ।

रासस 

 

प्रतिक्रिया