Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

व्यावसायिक शिक्षामा सरकारको ध्यान– शिक्षामन्त्री पोखरेल 

शनिबार, २३ माघ २०७२

काठमाडौँ, २३ माघ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले अब प्राविधिक एवम् व्यावसायिक शिक्षामा ध्यान केन्द्रित गर्ने बताएका छन् । 

हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा केन्द्र फाप्लु सोलुुखम्बुले सुरु गरेको अनमी कक्षाको शुक्रबार उद्घाटन गर्दै मन्त्री पोखरेलले शैक्षिक बेरोजगार दर घटाउन र देशको विकासका लागि प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेका थिए ।

अहिले पनि देशका दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पुग्न नसकिरहेको भन्दै मन्त्री पोखरेलले दुर्गमका विद्यार्थीलाई प्राविधिक शिक्षा दिनसके दुर्गममा त्यस्तो जनशक्ति अभाव नहुने धारणा व्यक्त गरेका थिए । 

केन्द्रले कर्णाली अञ्चलका छ जिल्ला र सोलुखुम्बुका गरी ४० जनालाई आवश्यकीय सुविधासहित निःशुल्क अनमी शिक्षा दिने गरेको छ । 

रासस 

 

प्रतिक्रिया