Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

२० हजार विद्यार्थीबाट प्रदर्शनी अवलोकन

शनिबार, २३ माघ २०७२

काठमाडौँ, २३ माघ । छैटौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा क्यारिएर इन म्यानेजमेन्टमा २० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् । 

वसुन्धरास्थित साउथवेस्टन कलेज परिसरमा आयोजित दुईदिने प्रदर्शनी समापन कार्यक्रममा बोल्दै पर्यटन राज्यमन्त्री बलबहादुर महतले देशलाई आत्मनिर्भर बनाइ अगाडि बढ्न यस्ता प्रदर्शनी सहयोगी हुने बताए । 

उनले सरकारले सिर्जनात्मक कार्य प्रवद्र्धनका लागि नीति तथा कार्यक्रम बनाइ आगामी दिनमा हरेक खालका सहयोग गर्ने उल्लेख गरे ।  कार्यक्रममा उक्त कलेजका प्रमुख डा राजेन्द्र केसीले शिक्षाले जीवन जिउने कला सिकाउन सक्नुपर्छ भन्दै गुणस्तरीय शिक्षा नै आफूहरूको मुख्य लक्ष्य भएको विचार व्यक्त गरे । 

उक्त प्रर्दशनीमा ४० भन्दा बढी कक्ष प्रदर्शित गरिएको थियो । साउथवेस्टन कलेज, गोल्डेनगेट कलेजलगायतका राजधानीमा विभिन्न कलेजको सहभागिता रहेको प्रदर्शनीमा हेलिकप्टर, स्थानीय साम्रगीबाट ब्रिकेट उत्पादन, हाइडोलिक क्रेन, भोटिङ मेसिन, सोलार प्लान्ट, इको सिस्टमलगायत स्थानीय सामग्रीबाट निर्मित विभिन्न विद्यार्थीका प्रतिभा मुख्य आकर्षण थिए । 

रासस 

 

प्रतिक्रिया