Edukhabar
मंगलबार, ०८ असोज २०८१
विचार / विमर्श

आचरण, भाषण र हामी शिक्षाकर्मी

शुक्रबार, २२ माघ २०७२

- दिवाकर ढुङ्गेल / भाषणका सम्बन्धमा केही विद्वानहरूका भनाइ :

- भाषणले लक्षित गर्नुपर्ने मूलभूत तिन कुरा हुन्छन्ः

पहिलो– विषय वस्तु बुझ्नु,

दोस्रो– आफुमा उक्त विषय वस्तुलाई आत्मसात् गर्नुः

तेस्रो– उक्त विषय वस्तुलाई श्रोता / दर्शकको मनभित्र पु¥याउनु ।

– Alexander Gregg

यस भनाइको विश्लेषण :

भाषण, व्याख्यान, मन्तव्य वा वक्तव्यका सम्बन्धमा माथि उल्लेख गरिएका भनाइहरूलाई हेर्दा यसको महत्त्वका सम्बन्धमा जानकारी हुन्छ । भाषण के विषयमा दिनुपर्ने हो, सो विषय वस्तु आफुले आत्मसात् गरेर आफ्ना दर्शक/ श्रोता समक्ष कसरी पुर्याउनुपर्छ भनी गम्भीर चिन्तन गर्नुपर्ने कुरामा यस भनाइले जोड दिएको छ ।

- केही अध्ययनका अनुसार मानिसहरूको पहिलो डर भनेको भाषण हो । दोस्रो डर भनेको मृत्यु हो ।

- Jerry Seinfeld

यस भनाइको विश्लेषण :

यस भनाइले भाषणको ठूलो महत्त्व दर्साएको छ । भाषण दिनु भनेको चानचुने कुरा होइन, यसमा गम्भीर हुनुपर्छ । मर्न डर भए झैँ भाषण गर्न पनि डर हुने हो भने मानिसहरू पूर्ण तयारीका साथ सार्थक भाषण गर्न जाऊन् भन्ने यसको मनसाय हुन सक्छ ।

- भाषण भनेको दुई मिनेटे विचारलाई दुई घन्टे शब्दावलीसँग विलय गर्ने कला हो ।

– John Fitzgerald Kennedy

यस भनाइको विश्लेषण :

धेरै कुरालाई थोरै समयमा उपयुक्त तरिकाले सम्प्रेषण गर्ने कुरा यस भनाइबाट जानकारी हुन्छ ।

- हाम्रो देशलाई कम भाषण र बढी व्यक्तिगत चिन्तनको आवश्यकता छ ।

– Roscoe Drummond

यस भनाइको विश्लेषण :

बढी बकबक गर्नुभन्दा के गर्दा मेरो देश र मेरो संस्थाका लागि हित हुन्छ भनी निरन्तर सोच्ने, चिन्तन मनन गर्ने कुरामा यो भनाइ केन्द्रित छ । भाषणमा आफ्नो व्यक्तिगत आत्मरति तथा क्षमताको प्रदर्शन गर्ने हो भने तपाईँले सबै कुरा ध्वस्त पार्नुहुने छ ।

- मानव अधिकारको रक्षा गर्नु छ भने तथा आम मानिसका अपेक्षाको संरक्षण गर्नु छ भने अनि मुलुकको हितका कुरामा छलफल गर्नु छ भने भाषणको ठूलो महत्त्व रहन्छ ।

– William Jennings Bryan

यस भनाइको विश्लेषण :

भाषणलाई मानव हितको पक्षमा प्रयोग गर्नुपर्ने कुराको यो अत्यन्त राम्रो कथन हो । कुनै पनि तयारी बिना, निरुद्देश्य खाली हात भाषण गर्न जाने महानुभावहरूका लागि यो ठूलो व्यङ्ग्य पनि हो ।

उपर्युक्त कथनका सार कुरा :

आफुले बोल्ने विषय वस्तुमा आफु स्पष्ट हुनुपर्ने, उक्त विषय वस्तुलाई श्रोता÷दर्शकको मनभित्र पु¥याउनुपर्नेः भाषणका लागि पूर्ण तयारी हुनुपर्नेः उपयुक्त तरिकाले सम्प्रेषण गर्नुपर्ने; कम भाषण र बढी चिन्तन हुनुपर्ने; भाषणलाई मानव हितको पक्षमा प्रयोग गर्नुपर्ने ।

हामी शिक्षाकर्मीहरू के कसरी भाषण गरिहेका छौँ

भाषणका कार्यक्रममा हामी लामो सम्बोधन गर्दा रहेछौँ । सम्बोधनमै हाम्रो धेरै समय बित्दो रहेछ । मञ्चमा आसिन र मञ्चबाहिरका सबैलाई खोजीखोजी सम्बोधन गर्दा रहेछौँ । छोटो सम्बोधन गरेर आफ्नो भाषण सक्नु नि, किन लामो सम्बोधन गर्ने ? लामो सम्बोधनको फाइदै छैन, बरु लामो सम्बोधनका दुर्गुण मात्र छन्ः लामो सम्बोधन गर्दा अनावश्यक रूपमा समय व्यतीत हुने, सम्बोधन गर्दा सबैलाई सम्झिन सकिएन भने फलानाले भाषण गर्दा मलाई छुटायोभन्ने आरोप लाग्ने हुन्छ अनि तथाकथित मर्यादा क्रम पनि टुट्ने डर रहन्छ । ठूलो मान्छेलाई पहिला सम्बोधन गर्नुपर्नेमा झुक्किएर सानालाई गरियो भने पनि कथित ठूलो मान्छेका दृष्टिमा तपाईँ त नराम्रो हुनुभयो नि !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रकाशित सार्वजनिक निकायको बैठक तथा कार्यक्रम सञ्चालन निर्देशिका, २०६९ को निर्देशन १७ को ४ अनुसार पनि कार्यक्रममा मन्तव्यका क्रममा सम्बोधन गर्दा वक्ताले अध्यक्ष र प्रमुख अतिथिलाई मात्र सम्बोधन गर्नुपर्ने छ भन्ने उल्लेख गरिएको छ ।

हामी आसन ग्रहण पनि कार्यक्रम स्थलमा रहेका भएभरका मान्छेलाई गराउँदा रहेछौँ । कार्यक्रम सकिन एक मिनेट बाँकी हुँदा पनि कोही कार्यक्रम स्थलमा प्रवेश ग¥यो भने पनि हामी उसलाई आसन ग्रहण गर्न अनुरोध गर्दा रहेछौँ । सार्वजनिक निकायको बैठक तथा कार्यव्रmम सञ्चालन निर्देशिका, २०६९ मा आसन ग्रहण गराउँदा प्रमुख अतिथि आउनुअघि नै सबैलाई आसन ग्रहण गराइसक्नुपर्ने, आसन ग्रहण धेरै व्यक्तिलाई गराउन नपर्ने, गर्नैपर्ने भए प्रमुख अतिथि, आयोजक संस्थाका प्रमुख र सभाध्यक्षलाई आसन ग्रहण गराउनुपर्ने व्यवस्था छ ।

अब हाम्रा उद्घोषकको बुद्धि हेरौँ । आफु उद्घोषक हो कि वक्ता हो भन्ने पनि निजलाई सम्झना हुन्न कि के हो ? कार्यक्रमको सुरुमा पनि ऊ नै कराइरहेको हुन्छ, कार्यक्रमको उद्देश्य यो हो, यो कार्यक्रमले यसो गर्छ, उसो गर्छ, यस कार्यक्रमका दातृ निकाय यी हुन्, यस कार्यक्रमका रणनीति तथा कार्यनीति यी यी हुन् इत्यादि इत्यादि । अझ ऊ प्रत्येक वक्ताको मन्तव्य पछि पनि उक्त वक्ताले यसो भनेर जानुभयो भनेर सारांश खिचेर झर्को लगाउँछ । कोही कोही उद्घोषक त पूर्ववक्ताले भनिसकेका मध्ये झन्डै एक तिहाइ भाषणको सारांश खिच्दैमा थाक्दैनन् । सार्वजनिक निकायको बैठक तथा कार्यक्रम सञ्चालन निर्देशिका, २०६९ को मर्मलाई आत्मसात् गर्ने हो भने उद्घोषकले त सबैलाई यस कार्यक्रममा स्वागत छ भनेर कार्यक्रम थाल्नुपर्छ । उसले नै एक दुई वाक्यमा सबैलाई स्वागत गरिदिने हो भने स्वागत भाषण गर्ने थप अर्को व्यक्तिको नियुक्ति गर्नुपर्ने थिएन । त्यसैगरी,धन्यवाद ज्ञापन गर्नका लागि छुट्टै व्यक्तिको वरण गर्नुभन्दा कार्यक्रमको अध्यक्षतामा गर्ने व्यक्तिले नै आफ्नो धारणा सहित धन्यवाद दिने बानी हामीमा कहिले आउँला?

अब भाषण वा मन्तव्य वा वक्तव्यका कुरा गरौँ ।

भाषण गर्दा निश्चित विषय हुन्छ, प्रसङ्ग हुन्छ, सन्दर्भ हुन्छ । तर हामी विषय, प्रसङ्ग र सन्दर्भमा केन्द्रित हुन  सक्दा रहेनछौँ । हामी अनावश्यक रूपमा ऐतिहासिक विकासव्रmमको व्याख्या गर्दा रहेछौँ । उदाहरणका लागि शिक्षकको क्षमता विकास गर्ने उपायको खोजी विषयक कार्यव्रmममा यहाँलाई मन्तव्य दिन बोलाइयो भने २०२८ सालबाट नेपालमा योजनाबद्ध रूपमा शिक्षाको विकास भएको हो । त्यसपछि सबैका लागि शिक्षा, सहस्राब्दी विकास लक्ष्य र हाल विद्यालय क्षेत्र सुधार कार्यव्रmम कार्यान्वयनमा आएको छ भन्नुहुन्छ तपाईँ । शिक्षकको क्षमता विकासका उपाय तपाईँले कुन बेला बताउनुहोला र ज्ञानको भोक मेटौँला भनेर श्रोताले कति बेर प्रतिक्षा गर्ने ?

कहिलेकाहीँ हाम्रा वक्ता महानुभावहरू आफु नै अमुक विषयका एक मात्र ज्ञाता हुँ, आफु जान्ने, अरु नजान्ने जस्तो गरी भाषण गर्नुहुन्छ । उनका कुरा पत्याउन हुने हो कि नहुने हो, कसरी बुझ्नु ? कुनै विद्वान्का कुरा उद्धरण (Citation) गरेर बोलिदिए हुने नि, अनि पो उहाँका भनाइ पनि आधिकारिक हुन्थे कि ?

आफ्नो भाषणका क्रममा “यी कुराहरू म दोहो¥याउनु उचित ठान्दिनँ” भनेर किन भन्नु ? नदोहो¥याउनु नि । कार्यव्रmमको सफलताको कामना गर्नु नपर्नेमा पनि सफलताको कामना किन गर्ने ? थोरै बोल्नु, बुँदागत रूपमा बोल्नु, कम बोल्नु,श्रोताको चाहनाअनुसार मूल विषयवस्तुमा केन्द्रित भएर बोल्नुअनि रोचक शैलीको प्रयोग होस् न । कुनै असामान्य र विशेष अवस्थामा बाहेक पाँच मिनेटभन्दा बढी किन भाषण बोल्नु ?

अन्तिम वक्ताले न झन् संवेदनशील भएर विचार गर्नुपर्छ । विद्यार्थी/श्रोताहरू कति टाढाबाट आएका होलान् ? तिर्खाएका होलान्, भोकाएका होलान्, फेरि तिनीहरूलाई फर्कनु पनि छ भनेर तपाईँ प्रौढले बुझिदिनु पर्दैन ? ती बालकले तपाइँका पट्यार लाग्दा भाषण बुझ्लान् ? ती तपाईका भाषणमा रमाउलान् ? अर्को कुरा– तपाईसँग अर्ती मागे बाहेक अर्ती किन दिने ? यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर उपदेश दिने कार्यक्रमको उद्देश्य नै होइन भने तपाईँ नचाहिँदा उपदेश किन दिनुहुन्छ ? अघिल्लो वक्ताले नै महत्त्वपूर्ण कुरा गरिसकेका छन् भने ती कुरा तपाईँले किन दोहो¥याइदिने ? बोल्नैपर्छ भन्ने छ र ? “मैले बोल्ने कुरा फलानाले बोलिसके, त्यसकारण मैले बोल्नु भनेको दोहोर्याउनु मात्रै हो, त्यसैले म बोल्दिनँ” भनेर फर्किन मिल्दैन ? लौन, तपाईँको समय सकियो” भनेर आयोजकले पटक पटक सम्झाउँदा पनि “पख्नुहोस् न, म सकिहाल्छु“ भनी बोलिरहने ? लामो भाषणले साधारणतया कहिल्यै प्रशंसा पाएको छैन ।

एउटा भनाइ छ, "No audience ever complained about a presentation being too short. In presentations or speeches, less is really more" अर्थात् कुनै पनि श्रोता/दर्शकले भाषण छोटो भएकामा गुनासो गरेका छैनन्, बरु लामो भाषणबाट वाक्क भएका कुरा धेरै सुनिएको छ । श्रोताले जानिसकेको, सारै सजिलो तथा त्यति महत्त्व नभएको विषयमा धारा प्रवाह बोलिरहने ? यस विषयका सम्बन्धमा त बोल्नै पर्दैन भन्ने पनि थाहा हुँदैन ? तपाई आफ्नो भाषणमा घाम झैँ छर्लङ्ङ, सर्वसिद्ध, सामान्य र सबैलाई थाहा भएका कुरा किन गर्नुहुन्छ ? उदाहरणका लागि“विद्यालयमा शिक्षकको अभाव छ, अभिभावकहरू गरिब छन्, विद्यार्थीहरूलाई पाठ्य सामाग्रीको आवश्यकता पर्छ, समय परिवर्तनशील छ, देश वा शिक्षा क्षेत्र वा राजनीति अहिले गम्भिर मोडबाट गुज्रिरहेको छ भनेर कुनै खास तुक नभएको कुरा किन गर्नुपर्ने ? सबैलाई थाहा छ नि यस्ता कुरा त । समाधानका उपाय थाहा छ भने बरु ती उपाय सुझाउनु नि ।

कसैले पनि भनिरहनै नपर्ने तर हाम्रा कथित विद्वान्हरुले भनिरहने अति सामान्य कुराका केही वाक्य वाक्यांश : Training of teacher is a Continuous process. Human resource planning is very important (त्यो पनि किन अङ्ग्रेजीमा भन्नुपर्ने नि) । Human resource planning गर्न एकदम हतार भइसकेको छ (अहिले भर्खर तपाईँले भाषण गरेको क्षणमा मात्र Human resource planning गर्न एकदम हतार भएको अनुभूत गरिएको विषय हो र ? यो उहिल्यै अनुभूत गरिएको होइन र ? मानौँ आज यहाँले अनुभूत गरिदिएपछि मात्र अनुभूति हुन्छ सबैलाई ???)

तपाईँले गर्ने भाषणले वाक्क पारिसकेको छ दर्शक श्रोतालाई । कृपया नयाँ कुरा गर्नुहोस् । एकदमै यान्त्रिक भाषण छ तपाईको । एकोहोरो ट्वारट्वार आवाज मात्र सुनिन्छ । कुनै बोध गर्नुपर्ने त तत्त्व नै छैन तपाइँको भाषणमा । यस्ता सामान्य कुरा किन गर्ने ?सरकार वा कसैको कमी कमजोरी देखाएर बाठो हुनुभन्दा बरु यदि बुद्धि छ भने भन्नुहोस् : शिक्षकको अभाव पूर्ति गर्ने यो यो विकल्प छ । पाठ्य पुस्तकको उपलब्धताको यो यो विकल्प छ । गरिब अभिभावकका बालबालिकाका लागि यो यो विकल्प छ । बाल केन्द्रित सिकाइका लागि गर्न सकिने यी यी क्रियाकलाप हुन् । अनि पो तपाईको भाषण मिठो हुन्छ, सार्थक हुन्छ । के हो मूल समस्या ? त्यसको समाधानको व्यावहारिक उपाय भए भनिदिनुहोस्, समस्या मात्र त सबैलाई थाहा छ नि । सके तपाइँको भाषणमा कुनै मार्ग चित्र वा कार्य योजना सुझाउनुहोस्, अन्यथा तपार्इँको भाषणको के महत्त्व रह्यो र ?

Steven A. Beebe / Susan J. BEebe (२००५) ले वक्तालाई श्रोता/दर्शक केन्द्रित हुन केही प्रश्नहरू सुझाएका छन्ः

- म कसका लागि बोल्दै छु ?

- मेरा श्रोता/दर्शकले मबाट के अपेक्षा गरेका होलान् ?

- कुन विषय वस्तु मेरा श्रोता/दर्शकलाई उपयुक्त र सान्दर्भिक होला ?

- क कसरी उनीहरूको ध्यान केन्द्रित गरुँला ?

- म कसरी बोल्ने होला ?

- कस्ता उदाहरण उनीहरूका लागि उपयुक्त होला ?

- मैले कस्तो प्रकारको भाषा प्रयोग गर्नुपर्ला ?

अवकास प्राप्त पूर्व कर्मचारीका कुरा

अवकास प्राप्त पूर्व कर्मचारीहरूलाई बोालएर पनि भाषण दिन लगाइयो । उहाँहरूले पनि आफ्नो कार्यकालमा मात्र राम्रो गरेको तर अरु आएपछि पद्धति बिग्रेको भनी पानी माथिको ओभानो हुने प्रयास गर्नुभयो ।

शिक्षा मन्त्रालय पद्धतिमा विभिन्न व्यक्तिहरूले विभिन्न हैसियतमा काम गर्नुभएको छ । कोहीले कर्मचारी, कोहीले सल्लाहकार र कोहीले परामर्शदाताका हैसियतले काम गरिसक्नुभएको छ ।

अहिले तपाईँहरू यस पद्धति भित्र हुनुहुन्न, त्यसैले भन्नुहुन्छ : “शैक्षिक गुणस्तर खस्केको छ । नतिजा राम्रो आएन । सिस्टम इफिसिएन्ट भएन । लगानी खेर गयो । शिक्षकले काम गरेनन्, स्रोतव्यक्ति र निरीक्षक विद्यालय जाँदैनन् । अनुगमन राम्रो भएन । पाठ्यपुस्तक समयमा विद्यार्थीको हातमा पुग्दैन । समावेशिताका पक्षमा सुधार आएन । लक्षित वर्गले समयमा छात्रवृत्ति पाएनन् ।” यसो भनिरहँदा यसको सारा दोष बाहलवाला कर्मचारीहरूलाई मात्र लगाएझैँ लाग्छ । तपाईँले शिक्षा मन्त्रालय पद्धतिमा कर्मचारीका हैसियतले वा सल्लाहकारका हैसियतले वा परामर्शदाताका हैसियतले काम गरिसक्नुभएको नाताले त्यस्ता कुरामा भाषण दिनुअघि विचार गर्नुपर्दैन ? तपाईँले आफ्नो कार्यकालमा माखो मारेको भए अहिलेको पिँढीलाई यति गारो हुन्थ्यो ? गर्न नसक्नुभएको भए यी यी काम गर्न सकिएन भनी इमान्दार आत्म आलोचना गर्न मिल्दैन ?

कन्सल्ट्यान्ट र पत्रकारका कुरा

विश्व विद्यालयका र अरु डा. साबहरूसँग पनि शिक्षा मन्त्रालयले सहकार्य गरेकै हो, उहाँहरूलाई सल्लाहकारमा नियुक्ति दिएकै हो शिक्षा मन्त्रालयले । तर उहाँहरू पनि कन्सल्ट्यान्सी सकिएपछि शिक्षा मन्त्रालय पद्धतिलाई दोष दिन पछि पर्नुभएको छैन । आफ्नै कन्सल्ट्यान्सीमा विकास गरिएका तर असफल भए भनिएका शिक्षा मन्त्रालयका कतिपय कार्यव्रmमको असफलतामा उहाँहरू आफू पनि भागीदार बन्नु पर्दैन ? यद्यपि, बिसौँ वर्षदेखि कन्सल्ट्यान्टहरूले कन्सल्ट्यान्सी दिँदै आउनुभएको छ, तथापि उहाँहरू आफैँ मन्त्रालयको असफलताको राग अलाप्दै आउनुभएको छ । उहाँहरूको कन्सल्ट्यान्सीको गुणस्तरको प्रश्न उठ्न पर्दैन ?

हाम्रा पत्रकारहरू पनि बिना प्रसङ्ग असान्दर्भिक प्रा.डा हरूको नाम cite गरिदिन्छन् । मानिलिऊँ : हाम्रा पत्रकार मित्रलाई बाल विकास शिक्षाका विषयमा केही लेख्नु छ अनि त्यस लेखलाई वैध पार्न कुनै डा. वा प्रा.डा को नाम राख्नु छ । तर हाम्रा पत्रकार मित्रहरू अनौपचारिक शिक्षामा डाक्टरी गर्ने कुनै डा. वा प्रा.डा लाई उक्त प्रश्न सोधिदिन्छन् र छापिदिन्छन्ः “फलाना डा. ले भन्नुभयो,बाल विकास शिक्षाको विकासका लागि यसो यसो गर्नुपर्छ ।” त्यस्तै,दलितका लागि शिक्षा विषयमा विद्यावारिधि गर्नेलाई प्राविधिक तथा व्यावसायिक शिक्षाबारे सोधिदिन्छन् र छापिदिन्छन्ः “फलाना डा ले भन्नुभयो, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि यसो यसो गर्नुपर्छ ।” फेरि हाम्रा डा. साबहरू पनि कस्तो हुनुहुन्छ भने– आफूले चाहिँ सामुदयिक शिक्षामा वित्तीय व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको छ तर जे विषयमा सोधे पनि उहाँ जबाफ दिन आतुर हुनुहुन्छ ।

पाठ्यक्रम विकास गर्ने सम्बन्धमा, शिक्षकको दक्षता विकास गर्ने कुरामा, शिक्षा विभागका कर्मचारीहरूको क्षमता विकास गर्ने उपायलगायत हरेक कुरा उहाँको ज्ञानको दायरामा पर्छ जस्तो गर्नुहुन्छ । हाम्रा डा. साबहरू पनि “यो प्रश्न मलाई होइन, फलानालाई सोध्नुहोला, फलानाले यस विषयमा अध्ययन गर्नुभएको छ अथवा फलानाको पिएचडीको विषय यो हो ।” अथवा “यो प्रश्न त शिक्षा मन्त्रालयको अमुक पदका अमुक व्यक्ति पो सान्दर्भिक हुन् त । मलाई सोध्ने भए मैले पिएचडी गरेको विषय यो हो, कृपया मलाई यस विषयमा मात्र प्रश्न सोध्नुभो भने मेरो उत्तरले न्याय गरेको म ठान्छु । आफूले नपढेको विषयमा उत्तर दिँदा मलाई आत्मग्लानी हुन्छ” भन्न सक्नुहुन्न ।

पत्रकार महोदयहरू पनि डा. साबहरूलाई आफ्नो समाचारमा उल्लेख गर्न पाए मानौँ उनीहरूको समाचार अन्तर्राष्ट्रिय स्तरको हुन्छ झैँ गर्छन् । शिक्षा क्षेत्रका कुरा सम्प्रेषण गर्दा शिक्षा मन्त्रालय पद्धतिभित्रका शिक्षक, कर्मचारीहरूलाई अष्तभ गरे त्यसभन्दा आधिकारिक र व्यावहारिक हुन्छ, होइन र ? त्यही स्तरको बुद्धि भएका डा. तथा एमफिलहरू त शिक्षा मन्त्रालय पद्धतिभित्रैै छन् नि अहिले त ।

त्यसो त, ठिक बेलामा, ठिक विषय वस्तुका सम्बन्धमा, ठिक खालका डा. साबहरूबाट ठिक नतिजा आएको अवस्था पनि छ है !

उपसंहार

तपाईँका भाषणको सर्वथा उपेक्षा गरिरहेका तपार्इँका आफ्ना श्रोता/दर्शकको खाजा खाने, पानी खाने, शौचादि गर्ने समयको पनि विचार नगर्ने,, टन्न भाषण गरिसकेपछि अन्त्यमा फेरि मैले यो यो भनेँ । यो अवसर प्रदान गर्नुभएकामा फलाना फलाना फलाना फलानालाई भनेर धेरै मान्छेको नाम लिएर धन्यवाद किन दिनु पर्ने होला ? फेरि यहाँ उपस्थित सरहरूलाई म धन्यवाद दिन चाहन्छु भन्न त झन् लाज  लाग्नुपर्ने नि, त्यस कार्यक्रममा उही अविराम र असार्थक भाषण सुन्न अविचलित भएर महिला श्रोता/दर्शकको पनि त सहभागिता छ नि । महिलालाई त तपाईँ सम्बोधन नै गर्न बिर्सनुहुन्छ । कमन सेन्स कहाँ जान्छ होला हँ, मान्छेको ।
तपाईँको भाषण कुन बेला सकिएला भनेरश्रोताले कुरेका छन् भन्ने कुरा तपाईले बुझनुभएको छ ? तपाई भाषणरूपी फुल झारिरहेको भ्रममा हुनुहुन्छ, तर तपार्इँका दर्शक/श्रोतालाईतपाईँको भाषणरूपी काँडा बिझेको तपार्इँलाई थाहै छैन ।

एउटा भनाइ छ– “One can talk good and shower down roses, but it’s the receiver that has to walk through the thorns, and all its false expectations.- Anthony Liccione.

कुन ठाउँमा किन आमन्त्रण गरिएको हो भन्ने कुरा बुझेर मात्र उक्त कार्यक्रममा बोल्न जाने हो कि ? तुलमा हेरेर मात्र कहाँ, के कार्य गर्न, किन बोलाइएको रहेछ भन्ने थाहा पाएपछि मात्र बोल्ने तपार्इँको भाषण कस्तो होला ? के काममा बोलाइएको भन्ने नै थाहा नपाई तुलमा लेखेको हेरेपछि मात्र ए.... यस विषयको पो कार्यक्रम रहेछ भनी थाहा पाउने तपार्इँको भाषण कस्तो होला ?

अन्त्यमा, आयोजकहरूले पनि यथा समयमा कार्यक्रम सुरु गर्ने र अन्त्य गर्ने गरौँ । घन्टौ बोल्नेलाई नियन्त्रण गरौँ । यसो गरे कसो होला....................

‘The speechesthat made Obama president.’ बाराक ओबामालाई अमेरिकाका राष्ट्रपति बनाउन सक्ने गुण बोकेको त्यो भाषण कस्तो थियो होला ? खोजेर पढ्ने हो कि !

सन्दर्भः
१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (२०६९) । सार्वजनिक निकायको बैठक तथा कार्यव्रmम सञ्चालन निर्देशिका, २०६९ । काठमाडौँ : लेखक

२. Steven A. Beebe/ Susan J. Beebe(2005). Public speaking handbook. Boston: Allyn &Bacon

३. Kathleen M.(2010). Principles of public speaking. Boston: Allyn &Bacon

४.    Cindy L.G. (2010).Invitation to public speaking. fourth edition. Boston USA : Wadsworth .

(ढुङ्गेल अनौपचारिक शिक्षा केन्द्रका निर्देशक हुन्, उनको यो आलेख शिक्षा विभागको प्रकाशन शैक्षिक स्मारिकाबाट साभार गरिएको हो ।)

प्रकाशित मिति २०७२ माघ २३ गते

प्रतिक्रिया