Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विज्ञान प्रविधिसम्बन्धी शिक्षाको तालिम दिइने

शुक्रबार, २२ माघ २०७२

काठमाडौँ, २२ माघ । विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले सरकारमा सम्मिलित मन्त्री र सांसदलाई पछिल्लो समय विकास भएको विज्ञान तथा प्रविधिबारे जानकारी दिन तालिमको आयोजना गर्न लागिएको बताएका छन् ।

साउथ वेस्ट्रन कलेजले बिहीबार राजधानीमा आयोजना गरेको छैटौँ विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री थापाले मोबाइल, कम्प्युटर, ल्यापटप, इमेल र इन्टरनेट प्रविधिबारे नेताले जान्नुपर्ने जरुरी ठानी निकट भविष्यमै यस विषयमा तालिम दिन मन्त्रालयले तयारी गरिरहेको बताएका हुन् । 

उनले नेपाल सरकारले अन्य विषयलाई जस्तो विज्ञान र प्रविधिको क्षेत्रलाई कम महत्व दिएको बताउँदै अन्य मन्त्रालयको तुलनामा विज्ञान र प्रविधि मन्त्रालयको बजेट पनि अत्यन्त न्यून भएको गुनासो गरेका थिए । 

आफूले विदेश पलायन भएका वैज्ञानिकलाई नेपालमै आएर काम गर्न सक्ने वातावरण बनाइदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।  नेपालका लागि अमेरिकी दूतावासका प्रतिनिधि विलियम होल्टन जुनियरले विज्ञान र प्रविधिका क्षेत्रमा लगानी गर्न सकिए नेपाली विद्यार्थी समेत लाभान्वित हुने बताए । 

दुई दिनसम्म चन्ने प्रदर्शनीमा विभिन्न विद्यालय र सङ्घसंस्थाका गरी ४० स्टल राखिएको छ । 

रासस 

 

प्रतिक्रिया