Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तक छाप्नै बाँकी, पुग्ने कहिले ? 

शुक्रबार, २२ माघ २०७२

काठमाडौँ, २२ माघ । आगामी शैक्षिक सत्रका लागि आवश्यक पर्नेमध्ये कक्षा ६ देखि १० सम्ममा ८० लाख थान पाठ्यपुस्तक अझै छाप्न बाँकी रहेको छ ।  सो तहका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म ६२ लाख थान मुद्रण गरेको छ । 

केन्द्रसँग २० लाख थान पाठ्यपुस्तक सञ्चित छ । नयाँ शैक्षिक सत्र वैशाखमा प्रारम्भ हुन्छ ।  शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सरकारको तत्कालीन सुधारको कार्यक्रममा शैक्षिक सत्रको दुई साताभित्र विद्यार्थीको हातमा पुस्तक पु¥याउने उल्लेख भएअनुसार काम भइरहेको दाबी गरे । 

सो कार्यक्रमको प्रगति विवरण माग्दै मुख्यसचिव डा. सोमलाल सुवेदीले मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई केही दिनअघि निर्देशन दिएपछि मन्त्रालयले केन्द्रलाई समयमा काम सक्न दबाब दिएको छ । 

कर्णाली अञ्चल र हिमाली जिल्लामा भने फागुनको पहिलो सातादेखि नै शैक्षिक सत्र सुरु हुने भएकाले सो समयमा पुस्तक पुग्नुपर्ने हुन्छ । 

रासस 

 

प्रतिक्रिया