Edukhabar
शनिबार, १९ माघ २०८१
गतिविधि

कार्यकर्ता रिहाईको माग गर्ने विद्यार्थी नेता पक्राउ !

विहीबार, २१ माघ २०७२

काठमाडौँ, २१ माघ । अखिल क्रान्तिकारीले आफ्नो भातृ संगठनका सदस्य पुष्प न्यौपानेको सकुशल रिहाईको माग गर्र्दै गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा गएका अन्य सदस्यलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

मंसिरमा राजधानीको बानेश्वरस्थित एपेक्स कलेजमा तोडफोड गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लब निकट अखिल क्रान्तिकारीका सदस्य पुष्प न्यौपानेलाई केही दिन अगाडी तिनकुने प्रहरी चौकीले पक्राउ गरेको थियो । 

पक्राउ गरेको विरोध र रिहाईको माग गर्दै बुधबार तिनकुने चौकीअगाडी प्रदर्शन गर्नेमध्ये क्रान्तिकारीका कोषाध्यक्ष आस्था राउत र सदस्य नरेन्द्र विश्वकर्मासहित चार जनालाई प्रहरीले पक्राउ गरेको संगठनका अध्यक्ष पूर्ण बहादुर सिंहले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। 

पक्राउ परेका विद्यार्थी नेतालाई सकुशल रिहा गर्न र रिहा नगरे कडा कदम चाल्न संगठन बाध्य हुनेछ भन्ने धम्की दिदै त्यसको जिम्मेवार सम्बन्धित पक्ष हुने नै पनि उसले चेतावनी दिएको छ।  विद्यार्थीबाट बढी शुल्क लिएको भन्दै पूर्वमन्त्री डा.मिनेन्द्र रिजालको समेत लगानी रहेको एपेक्स कलेजमा क्रान्तिकारीले तोडफोड गरी झ्यालका सिसाहरु फुटाएका थिए । 

 

प्रतिक्रिया