Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको महाधिवेशनलाई ५० लाख !

बुधबार, २० माघ २०७२

काठमाडौं, २१ माघ । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आफ्नो २२ औं अधिवेश काठमाडौंको भृकुटी मण्डपमा आयोजना गर्ने भएको छ।

महाधिवेशन सम्पन्न गर्नका लागि करिब ५० लाख रुपैयाँ खर्चिने तयारी भएको महाधिवेशन प्रचारप्रसार तथा जन परिचालन समितिका संयोजक ऐन महरले जानकारी दिए।

सम्मेलन उद्घाटन समारोहलाई भव्य बनाउन र साढे १६ सय प्रतिनिधिलाई व्यवस्थापन गरी सम्मेलन पूरा गर्न ५० लाख खर्चिने तयारी भइरहेको छ, तयारी करिब अन्तिम चरणामा पुगिसकेको छ,'उनले भने ।

महाधिवेशनमा एमालेको संस्थापन पक्ष अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकी नविना लामा र वरिष्ठ नेता माधव नेपाल पक्षका दीपक गौतमबीच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना रहेको बताइएको छ। लामा हालको कार्यसमितिमा महासचिव हुन् भने गौतम हालको कार्यसमितिका उपाध्यक्ष हुन् । 

यसअघि ओली पक्षभित्रै पनि ऐन महर र नविना लामा दुबैले अध्यक्षको उम्म्दवारीमा दाबी गर्दै आएका थिए। तर, ऐनले नविनालाई अध्यक्षको उम्मेदवार स्वीकार गर्दै आफू महासचिवमा उम्मेदवारी दिन राजी भएका थिए।

नेपाल पक्षका थोमस बास्तोलाले पनि अध्यक्षको दाबी गर्दै आएको भए पनि उनलाई पार्टीले उम्मेद्वार बनाउने सम्भावना कम देखिएको छ। डिभी परेर अमेरिका बस्दै आएका श्रीमति र छोरासँगै रहेका उनी केही समयअघि मात्रै नेपाल फर्किएर सम्मेलनको तयारीमा लागेका हुन् । 

संगठनको विधान संशोधन गरी २२ औं महाधिवेशनदेखि ४ जना उपाध्यक्ष रहने व्यवस्था गरिएसँगै ओली पक्षबाट हालको कार्यसमितिका सचिव महेश बर्तौला, कोषाध्यक्ष रश्मी आचार्य, सचिवालय सदस्य सुनिता बराल र स्थायी कमिटि सदस्य शैलेश लामा पनि उपाध्यक्षका उम्मेद्वार बन्ने भएका छन् ।

त्यस्तै, २२ हालको कार्यसमितिमा सचिव रहेका नेपाल पक्षका राधिका खतिवडा, सरोज यादव, अब्दुल हुसेन खान, भक्तकुमारी लामाले पनि महासचिवको दाबी गर्दै आएका छन्। संगठनभित्रको अनुशासन आयोगका जीवन राइले पनि महासचिवको उम्मेवद्वारी दाबी गर्दै आएका छन् । २२ औं महाधिवेशन देखि सात जना सचिव रहने विधानमा व्यवस्था गरिएसँगै ओली र नेपाल दुबै पक्षबाट ७–७ जनाले उम्मेद्वारी दिने निश्चित भएको छ । ओली समुहले महासचिवसम्मको उम्मेद्वारी घोषणा गरेको भए पनि माधव नेपाल पक्षले भने उम्मेद्वार सार्वजनिक गरिसकेको छैन।

माघ २७ गते हुने महाधिवेशनको नेकमा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनको बन्दसत्र पनि भृकुटी मण्डपकै हलमा गर्ने तयारी अनेरास्वियु सचिवालय सदस्य तथा उपाध्यक्षकी उम्मेद्वार सुनिता बरालले जानकारी दिइन्।

(नागरिक दैनिकमा प्रकाशित) 

प्रतिक्रिया