Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

कल्याण स्मृति सम्मान शिक्षाविद् नेगीलाई

बुधबार, २० माघ २०७२

काठमाडौँ, २१ माघ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिँदै आएको कल्याण शेरचन स्मृति सम्मान, २०७२ शिक्षाविद् बलवीर सिंह नेगीलाई प्रदान गरिने भएको छ ।  प्रतिष्ठानद्वारा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ (ह्योल्मो) ले नेपालमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका कारण उनलाई सम्मान गरिने भएको जानकारी दिए । 

पुरस्कारको राशि २५ हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ ।  उनलाई यही माघ २४ गते कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा सम्मान गरिने जनाइएको छ।  प्रतिष्ठानले घान्द्रुक–१ स्थित फुम्रोखुँ बराह माविको भवन भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएपछि त्यहाँ छात्रछात्राका लागि दुई छुट्टाछुट्टै भूकम्पप्रतिरोधि शौचालयसहित तीनकोठे पक्की भवन निर्माण गरेकोमा उक्त दिन नै सो भवनको उद्घाटन गरिने सचिव गञ्जसिंह गुरुङले जानकारी दिए ।

नवनिर्मित भवनको लागत १८ लाख ८५ हजार रुपैयाँ रहेको छ । विद्यालयमा हाल २८० जना विद्यार्थी रहेकामा लगभग ७५ प्रतिशत दलित विद्यार्थी अध्ययनरत छन् । 

रासस 

 

प्रतिक्रिया