Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सम्झनामा क्याम्पसलाई एक करोड सहयोग !

बुधबार, २० माघ २०७२

काठमाडौँ, २१ माघ । मुस्ताङको एक क्याम्पस सञ्चालनार्थ पोखरा–१६ दिपकी निराला तुलाचनले आफ्नो स्वर्गीय पतिको सम्झनामा रु एक करोड सहयोग गरेकी छन् ।  सदरमुकाम जोमसोममा अवस्थित जनहित बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि तुलाचनले उक्त राशिको सहयोग गरेकी हुन् । 

पूख्र्यौली घर कुञ्जो गाविसमा भए पनि तुलाचन परिवार लामो समयदेखि पोखराको दीपमा बस्दै आएका छन् ।  आफ्नो पतिको स्मृतिमा क्याम्पसलाई गरिएको सहयोगबाट दुर्गम जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा पाउन सहयोग पुग्ने तुलाचनको विश्वास छ ।

“यो रकमको क्याम्पसको भौतिक पूर्वाधार निर्माणदेखि विद्यार्थीको हितमा प्रयोग होस् र मेरो श्रीमान् पनि सामाजिक क्षेत्रमा सक्रिय हुनुभएकाले मैले यो निर्णय गरेकी हुँ” ८२ वर्षीया तुलाचनले भनिन् ।

पोखरास्थित तुलाचनकै घरमा क्याम्पसका प्राचार्य रामचन्द्र आचार्य, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद थकाली र मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनको रोहबरमा उहाँले रु एक करोड एक लाख १११ को चेक क्याम्पसलाई हस्तान्तरण गरेको प्राचार्य आचार्यले जानकारी दिए ।

क्याम्पसका प्राचार्य अधिकारीले उक्त रकमलाई अक्षयकोष खडा गरी शिक्षकको तलबभत्तादेखि स्नातक तहको शिक्षा कार्यक्रमलाई अघि बढाउन खर्च गरिने बताए ।  “अहिले हामी क्याम्पस स्तरवृद्धिमा लागिपरेका छौँ, यो रकम त्यही क्षेत्रमा खर्च गर्नेछौँ”, प्राचार्य आचार्यले बताए । 

जिल्ला सदरमुकाम पर्ने भएकाले जनहित क्याम्पसमा प्राविदेखि उच्च मावि तहसम्मको पनि अध्ययन हुने भएकाले विद्यार्थीको चाप उच्च रहेको छ ।  स्नातक तहमा व्यवस्थापन सङ्कायको अध्ययन भइरहेको छ भने शिक्षा सङ्कायको पठनपाठनको तयारी पनि गरिएको छ । उच्च मावि तहसम्म २०० र क्याम्पस तहमा २६ विद्यार्थी अध्ययन गरिरहेको क्याम्पसले जनाएको छ । 

रासस 

 

प्रतिक्रिया