Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

परीक्षाफल प्रकाशित

बुधबार, २० माघ २०७२

भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सिटिईभिटिले गत असोज र पुस महिनामा लिएको विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ । होमियोप्याथी, अप्थाल्मिक साइन्स, आयुर्वेद, डेण्टल साइन्स, सामान्य चिकित्सा तेश्रो वर्षको नियमित तथा आंशिक परिक्षाको नतिजा सार्वजनिक भएको हो ।

परीक्षा समितिको बुधबारको निर्णय अनुसार नतिजा सार्वजनिक भएको सिटिईभिटिले जनाएको छ । नतिजाको विवरण परिषद्को वेभ साईट www.ctevt.org.np मा लग अन गरि हेर्न सकिनेछ ।

तराईमा जारी आन्दोलनका कारण असोजमा विरगंज र जनकपुर क्षेत्रमा रोकिएको परीक्षा  पुसमा भएको थियो ।

प्रकाशित मिति २०७२ माघ २० गते 

प्रतिक्रिया