Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

क्यान 'इन्फोटेक'मा विद्यार्थीहरु (फोटोफिचर) 

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । राजधानीको भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला (क्यान इन्फोटेक)मा  अवलोकन गर्ने विद्यार्थीको लहर बढेको छ।  बजारमा आएका पछिल्लो प्रविधिका बारेमा जानकारी दिने उद्धेश्यले बर्षेनी कम्प्युटर एशोसिएन अफ नेपाल (क्यान)ले आयोजना गर्दै आएको मेला यस बर्ष पनि आयोजना गरिएको हो । माघ १५ गतेदेखि शुरु मेला आज सकिदैछ । 

विहान १० बजेदेखि दिउसोसम्म प्राय विद्यार्थीले मेला अवलोकन गर्ने गरेका छन् । पुरानो बानेश्वरस्थित सबमिट कलेजका अनमोल अधिकारीले मेलामा आउँदा कम्प्युटर र नयाँ नयाँ कार्यक्रम तथा एपका बारेमा जानकारी लिन पाइएको बताए ।

‘घरको कम्प्युटरमा पुरानै प्रोग्राम थियो । अहिले त कति अपडेट भइसकेको रहेछ । आज मेलामा आएर पो थाहा पाए । कम्प्युटरका नयाँ नयाँ कार्यक्रम र नयाँ एपका बारेमा मेलामा पर्याप्त थाहा पाइयो ।’ उनले भने । 

प्राय विद्यार्थीहरु कलेजकै ड्रेसमा मेला अवलोकन गर्न आएका भेटिन्छन् । कलेजका साथीहरु मेला अवलोकन गर्न समूहमा आउने गरेका छन् ।  यस्तै सस्ंकृत इन्टरनेश्नल कलेज स्वयम्भुका विद्यार्थी सहिम मियाँले आफुले मेलामा आएर नयाँ नयाँ कम्प्युटर र मोबाइलका बारेमा जानकारी लिन पाएको बताए । 

मेलामा विभिन्न नीजि कलेजलाई विद्यार्थी लिएर अवालोकन गर्न आएमा ५० प्रतिशत छुट छ । मेला अवलोकनका लागी १ सय रुपैँया टिकट राखिएकोमा विद्यार्थी र सामुहिक रुपमा विद्यार्थी लिएर आउनेलाई ५० रुपैँया मात्र राखिएको छ। सुचना र प्रविधिका बारेमा सरकारी भन्दा नीजि कलेजका शिक्षक र विद्यार्थीले धेरै चासो राखेका भेटिएको छ। 

सरकारी विद्यालय जादै गएनन् 

अचम्मको कुरा ! सुचना र प्रविधिका बारेमा सरकारी विद्यालयले कुनै चासो नराखेको भेटिएको छ। क्यानका सदस्य दिनेश राज कार्कीका अनुसार सोमबारसम्म कुनै पनि सरकारी विद्यालयका कुनै पनि शिक्षक र विद्यार्थीहरु सामुहिक रुपमा मेला अवलोकन गर्न गएका छैनन् । 

तर विद्यार्थीहरु भने ड्रेस नलगाएरै जाने गरेका छन् । सरकारी विद्यालयलाई विद्यार्थी र शिक्षकसहित सामुहिक रुपमा मेला अवलोकन गर्न गएमा निशुल्क गरिएकामा पनि सरकारी विद्यालयले क्यान मेलाको अवलोकन नगर्नु दुखद भएको क्यानका अध्यक्ष विनोद ढकालले बताए । 

आज सकिने मेलालाई करिब ६ देखि ७ लाखसम्मले अवलोकन गरेका अध्यक्ष ढकालको भनाई छ। यस बर्ष नाकाबन्दी र पेट्रोल अभावले गत सालको भन्दा केही दर्शक घटेका पनि क्यानका पदाधिकारीको भनाई छ । 

प्रतिक्रिया