Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जिल्लाहरुमा पुस्तक पठाउने प्रक्रिया सुरु

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यलय पोखराले हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा विद्यालय तहका पाठ्यपुस्तक पठाउने प्रक्रिया सुरु गरेको छ । 

हिमाली जिल्लाको मौसमका कारण त्यहाँ आगामी फागुनदेखि शैक्षिक सत्र सुरु हुने भएका कारण नयाँ शैक्षिक सत्रका लागि पुस्तक पठाउने प्रक्रिया सुरु भएको कार्यालयका स्टोर किपर नवीन खड्काले जानकारी दिए । 

ती जिल्लामा बुधबारसम्ममा सम्पूर्ण पुस्तक पठाइसकिने बताइएको छ । 

सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट माग भएअनुसार मनाङका लागि कक्षा ६ देखि १० सम्म क्रमशः ७६, ६५, ६५, ७१ र ५३ ‘सेट’ र मुस्ताङका लागि क्रमशः २०८, १९३, २३३, १२६ र १२० ‘सेट’ पुस्तक पठाउन लागिएको खड्काको भनाइ छ । 

कक्षा ६, ७ र ८ मा एक सेटमा विभिन्न विषयका नौ पुस्तक रहन्छन् भने कक्षा ९ र १० मा अनिवार्य विषयका छ वटा पुस्तक र इच्छाधीन दुई विषय हुन्छन् । यस वर्ष परिवर्तित पाठ्यक्रमको कक्षा ९ का नयाँ पुस्तक पनि पोखरा पुगिसकेका उनले बताए ।

रासस 

 

प्रतिक्रिया