काठमाडौँ, २० माघ । मोरङको विराटनगर–२ मा रहेको युरोकिड्स नेपाल नामक विद्यालयका कक्षा ५ का ११ वर्षीय मधु मारुलाई कुटपिट गरी घाइते बनाएको विरोधमा अभिभावकले शिक्षकलाई कारबाहीको माग गरेका छन् ।
विद्यालयका शिक्षक महेश कटुवालले विद्यार्थी मारुलाई कुटपिट गरेपछि निजका अभिभावक र स्थानीयवासीले विद्यालय व्यवस्थापनलाई आगामी दिनमा कुनै पनि विद्यार्थीलाई कुटपिट तथा दुव्र्यवहार नगर्न चेतावनी दिँदै विद्यालय घेराउ गरेका हुन् ।
मारुलाई नेपाली गीत गाउन नजानेको आरोपमा कटुवालले फलामको छडीले ढाडमा निर्घात कुटपिट गरेको पीडितका हजुरबुबा प्रकाशले आरोप लगाए । सो विद्यालयका प्रशासन प्रमुख सन्तोष न्यौपानेले सो घटनाबारे आफूले बुझ्ने र दोषीमाथि कारबाही गर्ने आश्वासन दिएका थिए ।
सो घटनाका कारण विद्यालय तनावग्रस्त बनेको छ । यसअघि पनि विद्यार्थी कुटपिट गर्ने सो विद्यालयका एक शिक्षकलाई निष्काशन गरिएको थियो ।
रासस
प्रतिक्रिया