Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

चार विद्यालयका भवन हस्तान्तरण !

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । सर्भाइभर नेपाल नामक संस्थाले सिन्धुपाल्चोकमा भूकम्पबाट क्षतिग्रस्त चार विद्यालयको पुनःनिर्माण गरी सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ । 

जनजागृति मावि, रक्तकाली प्रावि, ठोकर्पा मावि तथा बाघभैरव उमाविको भवन पुनःनिर्माण गरी संस्थाका निर्देशक जयराम पुडासैनी तथा सल्लाहकार मोहनप्रसाद कोइरालाको सहभागितामा विद्यालय व्यवस्थापन समिति समक्ष उक्त भवन हस्तान्तरण गरिएको थियो । 

भूकम्प गएको चौथो दिनमा सिन्धुपाल्चोकको ठोकर्पा तथा कालिका गाविसमा पुगी राहत वितरणमा आफ्नो ध्यान केन्द्रित गरेको संस्थाले भग्नावशेषमा परिणत भएका त्यहाँका केही विद्यालयको पुनःनिर्माणको जिम्मेवारी सम्हालेको थियो । 

तत्काललाई अस्थायी टहरा निर्माण गरी विद्यार्थीलाई स्कुल जाने वातावरण तयार गरिएको थियो भने भूकम्पप्रतिरोधी भवन निर्माण समेत जारी राखिएको थियो ।  भवन पुनःनिर्माणमा रु २१ लाखभन्दा बढी खर्च गरिएको थियो । विद्यालयमा विद्यार्थीलाई स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ । 

रासस 

 

प्रतिक्रिया