Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको महाधिवेशनमा १६ सय विद्यार्थी 

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु) को यही माघ २७ गतेदेखि काठमाडौँमा हुने २२ राष्ट्रिय महाधिवेशनमा एक हजार ५५० विद्यार्थी प्रतिनिधि सहभागी हुने भएका छन् । 

देशभरका सबै जिल्ला र क्याम्पसबाट गरी ती प्रतिनिधि चयन भएको र महाधिवेशनको अन्य तयारी अन्तिम चरणमा पुगेको सङ्गठनका महासचिव तथा प्रतिनिधि व्यवस्थापन समितिका संयोजक नवीना लामाले जानकारी दिइन् । 

महाधिवेशनका लागि उपाध्यक्ष दीपक गौतमको संयोजकत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष ऐन महरको संयोजकत्वमा प्रचार तथा जन परिचालन समिति, उपाध्यक्ष थोमस बाँस्तोलाको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरिएको छ । 

‘प्राज्ञ र परिश्रमी जनशक्ति राष्ट्र निर्माणको आधार : सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन : अनेरास्ववियुको सरोकार’ नारा सम्मेलनको उद्घाटन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २७ गते भृकुटीमण्डपमा गर्ने कार्यक्रम छ । 

सम्मेलनले १४१ सदस्यीय र तीन केन्द्रीय आयोगमा निर्वाचित गर्नेछ । सङ्गठनको भावी अध्यक्षमा लामा र गौतमको कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

रासस 

 

प्रतिक्रिया