Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

आफै चढेको बसले किचेर विद्यार्थीको मृत्यु !

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । राजधानीमा भएको सडक दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार बिहान भएको सडक दुर्घटनामा जेम्स कलेजमा पढ्ने १७ वर्षीय श्रीजन ढकालको मृत्यु भएको हो । 

आफ्नो कलेजको बा २ ख ७९८४ नम्बरको बसबाट ओर्लिँदा सोही बसले किचेर नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  भक्तपुरबाट नयाँ बानेश्वरतर्फ आउँदै गरेको आफ्नै स्कुल बसबाट ओर्लिने क्रममा बसको पछाडिको पाङ्ग्राले किचेको थियो।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले दुर्घटनामा संलग्न बसलाई नियन्त्रणमा लिएको  र चालक फरार रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ। 

रासस

 

प्रतिक्रिया