Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षामा युरोपेली आयोग र युनिसेफको सहयोग

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । युरोपेली आयोग र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नेपालका भूकम्प प्रभावित नौ जिल्लाका बालबालिकाको शैक्षिक पूर्वाधार विकासका लागि ४० लाख युरो सहयोग गर्ने भएका छन् । 

सो सहयोबाट कुल ६५० अस्थायी सिकाइ केन्द्र स्थापना, अत्यावश्यक पाठ्यसामग्री प्रदान, शिक्षकलाई मनो–सामाजिक परामर्शसम्बन्धी तालिम सञ्चालन हुनेछन् । 

ती कार्य नुवाकोट, ओखलढुङ्गा, रामेछाप, रसुवा, सिन्धुली र सिन्धुपाल्चोक, गोरखा, काभ्रे, मकवानपुरका जिल्ला प्रशासन र जिल्ला शिक्षा कार्यालयसँगको सहकार्यमा हुने युनिसेफले जनाएको छ । 

रासस 

 

प्रतिक्रिया