Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

कराते खेलाडीद्धारा विद्यालयलाई जस्तापाता  

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ ।  नेपाली खेल क्षेत्रमा कराते विधाकी उत्कृष्ठ खेलाडी तथा सो संस्था (होप) की महासचिव सुस्मिता तामाङ नेतृत्वको टोलीले बैशाख १२ को भूकम्पको केन्द्र रहेको जिल्ला गोरखाका तीओटा विद्यालयलाई जस्तापाता वितरण गरेकी छन् । 

गोरखामा रहेका दुई ओटा प्रावि र एकओटा विद्यालयलाई उनले जस्ता पाता वितरण गरेकी हुन् ।  माघको चिसोमा खाली टहरामा पढिरहेका बालबालिकालाई न्यानो महुसस गराउन र भवन निर्माणका लागी उनले जस्तापाता वितरण गरेकी हुन् । 

गोरखाको खरिबोट गाविसस्थित प्रभा मावि, बौद्ध हिमालय प्रा.वि. र बोलाङ प्राविलाई जस्तापाता वितरण गरिएको हो ।  होपका उपमहासचिव विजय लामाका अनुसार विद्यालयलाई सहयोग गर्नकै लागी होपको एक टिम नै गोरखा पुगेको हो । 

(खेलकुदन्युजबाट)

 

प्रतिक्रिया