Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

सिए पढ्ने नेपाली युवा प्रणव भारतभरीकै उत्कृष्ट !

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, २० माघ । भारतमा चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेका नेपाली विद्यार्थी प्रणव प्रतिक तुलस्यानले इतिहास रचेका छन् ।  एक सामान्य कस्मेटिक व्यापारीका छोरा प्रणवले परीक्षा दिएका कुल विद्यार्थी मध्ये जम्मा ४५ विद्यार्थी उतीर्ण हुँदा पनि भारतभरमै प्रथम भएर ईतिहास रच्ने पहिलो विद्यार्थी बनेका हुन् । 

अहिले उनले हाँसिल गरेको सफलताले उनी मात्र होइन नेपाललाई नै भारतभरका सिए विद्यार्थी माँझ चिनाएको छ ।  सन् २०१४ मा संचालित सिए अध्ययनको पहिलो तह ‘सिपिटि’ मा भारतभरका विद्यार्थीहरुलाई उछिन्दै पहिलो स्थानमा आएका उनी त्यति बेलानै आफुलाई र पूरै नेपाललाई भारतभरका सिए विद्यार्थीमाँझ चिनाईसकेका छन् । 

भारतीय बोर्डबाट सिए अध्ययन गरेका उनले सिएको सबैभन्दा गाह्रो तह मानिने सिएको दोश्रो तह ‘आइपीसी’ मा पनि भारत भरमै पहिलो भएर अर्को ईतिहास रचेका छन् । परीक्षा दिएका झन्डै १८ लाख विद्यार्थीलाई पछी पार्दै उनी प्रथम भएका हुन् । 

नेपाली सिए क्षेत्रको ईतिहासमै पहिलो पटक उनले यस्तो सफलता हाँसिल गरेपछि अहिले नेपालमा मात्र होइन, उक्त परीक्षा संचालन भएका कतार, युएई लगायतका विभिन्न मुलुकमा पनि उनी र नेपालको चर्चा हुन थालेको छ ।

(डिसीनेपाल डटकमबाट)

प्रतिक्रिया