Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

क्रान्तिकारीहरुद्धारा सयुँक्त आन्दोलनको घोषणा 

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, १९ माघ । भारतको अघोषित नाकाबन्दीले सिर्जना गरेको कालोबजारीविरुद्ध तीन माओवादीका विद्यार्थी भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले सयुँक्त आन्दोलनको घोषणा गरेका छन् ।  

आन्दोलन शुरुमा दबाबमुलक र ध्यानाकर्षणमा केन्द्रित रहने जनाइएको छ। मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै तीन माओवादीका विद्यार्थी संगठनले त्यसको उद्घोष गरेका छन् । 

आन्दोलन अन्तर्गत भोली माघ २० गते आपुर्तिमन्त्री गणेशबहादुर पूनलाई ज्ञापनपत्र बुझाउनेदेखि माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण गराउने छ । 

यस्तै अन्य दबाबमुलक कार्यक्रममा माघ २१ गते नेपाल आयल निगममा प्रदर्शन गर्ने, २२ गते यातायातमन्त्रीलाई डेलिगेसनसहित ज्ञापनपत्र बुझाउने साथमा सार्वजनिक भाडादर नघटेको र घटेको लागु नभएको बारे पनि ध्यानाकर्षण गराउने क्रान्तिकारीको विज्ञप्तीमा उल्लेख  छ। 

यस्तै यस्तै २४ गते देशभरका क्याम्पसमा सोका बारेमा कोणसभा र प्रदर्शन गर्ने, २५ र २६ गते विश्वविद्यालयका उपकुलपति तथा आयोग अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउने, २७ गते शैक्षिक सरोकारवालासंग अन्तरक्रिया गर्ने छ । 

माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा ध्यानाकर्षण पत्र बुझाउने विज्ञप्तीमा उल्लेख  छ। र फागुन १ गते २१ औँ जनयुद्ध दिवसका अवसरमा राजधानीको भृकुटीमण्डपबाट विहान प्रभातफेरी निकाल्ने लगायत छन् । 

कार्यक्रममा एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष रमेश मल्ल, बैद्य माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)अध्यक्ष रत्न ढकाल र विप्लब निकट अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्ण बहादुर सिंहले सामुहिक रुपमा कार्यक्रम सफल पार्ने दाबी गरेका थिए ।   

 

 

प्रतिक्रिया