Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

कांग्रेस अधिवेशनले प्रमाणित गर्यो शिक्षकहरु कामचोर भएको

मंगलबार, १९ माघ २०७२

Mana Prasad Wagley

जो जससँग सम्बन्धित छ
शिक्षालाई राजनीतिबाट मुक्त राख्ने शिक्षा मन्त्रालयको गफ हावादारी रहेछ भन्ने कुरा कांग्रेसको अधिबेसनमा जम्मा भएका बिद्यालय र विश्वविद्यालयका कामचोर शिक्षकहरुले प्रमाणित गरिदिएका छन् / यो काम बाल-मैत्री बिद्यालय र बिद्यालय शान्ति क्षेत्र दुबैको बर्खिलापमा छन्/ अझ कार्य समय भित्रै गरिने यस्ता क्रियाकलाप नैतिक पतनका उदाहरण हुन्/ त्यसमाथि वैचारिक राजनीतिका नाममा अधिबेसनमा भाग लिन जान बिद्यालयनै बन्द गर्नु भनेको आफूले खाने थालमा आफैंले........गर्नु सरह हो/ यस्ता क्रियाकलापमा नियन्त्रण नभए सम्म शिक्षा मन्त्रालयको १० खर्बको एसएसडीपी दिवास्वप्न मात्र हो भनेर आजै ठोकुवा गर्न सकिन्छ/

प्रतिक्रिया