Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

छात्रवृत्ति परीक्षा : मन्त्रालयद्वारा नयाँ ब्यवस्था

सोमबार, २८ भदौ २०७२

काठमाडौं २८ भदौ / सरकार मार्फत वितरण हुने चिकित्सा शिक्षा लगायत विभिन्न विषयको छात्रवृत्ति परीक्षा सञ्चालनका लागि शिक्षा मन्त्रालयले नयाँ ब्यवस्था गरेको छ । विगतमा शिक्षा मन्त्रालयले छनौट परीक्षा सञ्चालन गर्दै आएकोमा नेपाल राजपत्र भाग ३ मा छात्रवृत्ति सम्बन्धी छैठौं संशोधन  नियमावली,२०६० गत भदौ २१ गते प्रकाशन भै कार्यान्वयनमा आएकाले शिक्षा मन्त्रालयले छात्रवृत्ति सम्वन्धी परीक्षा सञ्चालन नगरी  नयाँ ब्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

स्वदेशवाट प्राप्त छात्रवृत्तिको सम्वन्धमा छात्रवृत्ति प्रदान गर्ने संस्था सम्वद्ध विश्वविद्यालय र विदेशवाट प्राप्त छात्रवृत्तिका सम्वन्धमा त्रिभुवन विश्वविद्यालयले शिक्षा मन्त्रालयले तोकेको समयमा सञ्चालन गर्ने परीक्षाको प्राप्ताङ्कका आधारमा मन्त्रालयले आवश्यक कागज प्रमाण सहित दरखास्त माग गरी सोको आधारमा साधारण तथा आरक्षण तर्फको योग्यताक्रम कायम गरिने  छ ।

मन्त्रालयबाट  ०७१ सालमा सञ्चालन गरिएको परीक्षाबाट तयार भएको योग्यताक्रम नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म मान्य रहने छ । तर त्यस्तो योग्यता क्रमको सूची कुनै शिक्षण संस्थाको एक शैक्षिक सत्रको लागि मात्र मान्य रहने भएकाले त्रिवि अन्तर्गत गत बर्ष नै छात्रवृत्तिमा मनोनयन भै सकेकोले काठमाण्डौं विश्वविद्यालय लगायतका विश्वविद्यालय वा मातहतका शैक्षिक संस्थाबाट यस बर्ष छात्रवृत्ति सिट प्राप्त हुन आएमा  केही विषयमा पछि  दरखास्त माग गरिने  मन्त्रालयले जनाएको छ ।

MBBS, BDS, B.Sc Nursing विषयमा शिक्षा मन्त्रालयबाट  ०७१ असोज २७ मा सञ्चालित परीक्षाको  ०७१ कात्तिक ४ गते प्रकाशित योग्यताक्रम बाट  र BN, BPharmacy, BPH, BAMS, BSc Forestry, BMLT र BMIT विषयमा शिक्षा मन्त्रालयबाट ०७१ फागुन ३० गते सञ्चालित परीक्षाको  ०७१ चैत २ गते प्रकाशित योग्यताक्रम बाट छनौट गरिने छ ।

यस बर्ष मन्त्रालयलाई त्रिविका सम्बन्धन प्राप्त कलेज र विदेशबाट प्राप्त हुने स्नातक तहका विभिन्न विषयका छात्रवृत्तिमा मन्त्रालयवाट मनोनयन गर्नको लागि समेत त्रि।वि।चिकित्सा शास्त्र अध्ययन संस्थानले प्रवेश परीक्षाको तालिका प्रकाशन गरेकोले  तोकिए बमोजिम दरखास्त पेस  गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया