Edukhabar
मंगलबार, ०८ असोज २०८१
विदेशमा शिक्षा

यी हुन् एसियाका १० शिर्ष विश्वविद्यालय (फोटो फिचर)

मंगलबार, १९ माघ २०७२

काठमाडौं - सिंगापुरको विश्वविद्यालय एसियाको पहिलो विश्वविद्यालय भएको छ । विश्वभरका विश्वविद्यालयहरुको वर्गिकरण  गर्दै आएको संस्था क्यू एस (QuacquarelliSymonds) का अनुसार द नेशनल यूनिभर्सिटी अफ सिंगापुर एसियाको पहिलो विश्वविद्यालय भएको हो । संस्थाले एसियाका उत्कृष्ट १० विश्वविद्यालयको सूचि सार्वजनिक गरेको छ । संस्थाका अनुसार दोश्रोमा यूनिभर्सिटी अफ हङ्कङ् र तेश्रोमा कोरियाको कोरिया एडभान्स ईन्ष्टिच्युट अफ साईन्स एण्ड टेक्नोलोजी भएको छ ।

प्राज्ञिक ख्याती र विद्यार्थी संख्या, उनीहरुले गर्ने अनुसन्धान, ति विश्वविद्यालयमा पढेर रोजगार बजारमा खपत भएका विद्यार्थीको संख्या, विश्वका अन्य मूलूकबाट हुने सहज प्रवेश आदीका आधारमा वर्गिकरण गरिएको हो । प्राज्ञिक ख्याती र विद्यार्थी संख्यालाई ५०, उनीहरुले गर्ने अनुसन्धानलाई  १५, ति विश्वविद्यालयमा पढेका विद्यार्थीले पाउने जागिर र त्यसको गुणस्तरलाई १०, अन्य मूलूकबाट आउन चाहने विद्यार्थीलाई उपलब्ध हुने सहज प्रवेशलाई २५ अंक दिएर वर्गिकरण गरिएको जनाईएको छ ।

संस्थाले हरेक बर्ष विभिन्न महादेशका उत्कृष्ट विश्वविद्यालयहरुको सूचि सार्वजनिक गर्दै आएको छ ।

यस अनुसार एसियाको विश्वविद्यालय अन्र्तगत चौथोमा सिंगापुरकै न्यानयाङ् टेक्निकल यूनिभर्सिटी एनटीयू, पाँचौमा हङ्कङ् यूनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजि, छैठौंमा द चाईनिज यूनिभर्सिटी अफ हङ्कङ्, सातौंमा पेकिङ् यूनिभर्सिटि चाईना आठौमा सियोल नेशनल यूनिभर्सिटी दक्षिण कोरिया, नवौंमा सिटि यूनिभर्सिटी हङ्कङ र दशौंमा दक्षिण कोरियाकै पोहङ् यूनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजि छन् ।

शिर्ष ३ सय विश्ववद्यालय मध्ये १ सय १० वटा चीनका र ६८ वटा जापान र ४५ वटा दक्षिण कोरियाका रहेका छन् ।

एसियाका उत्कृष्ट १० विश्वविद्यालयका फोटो क्रमैसंग :

1. National University of Singapore (NUS) Singapore

2. University of Hong Kong

3. Korea Advanced Institute of Science & Technology / South Korea

4. Nanyang Technological University, Singapore

5. Hong Kong University of Science and Technology

6. The Chinese University of Hong Kong

7. Peking University / China

8. Seoul National University / South Korea

9. City University of Hong Kong

10. Pohang University of Science & Technology / South Korea



प्रकाशित मिति २०७२ माघ १९ गते

प्रतिक्रिया