Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

डोल्पाको बिद्यालयलाई सहयोग

मंगलबार, १९ माघ २०७२

काठमाडौँ, १९ माघ । माथिल्लो डोल्पाको साल्दाङ गाविस, निजालस्थित यान्जर प्राथमिक बिद्यालयलाई अष्ट्रेलियामा रहेकी बालिकाले सहयोग गरेकी छन्। हामी डोल्पाका साथ छौं अभियानअर्न्तगत यान्जर स्कुलका बिर्द्यार्थीका लागि चितवन भण्डाराकी तीन वर्षिय ज्यासमिन थपलियाले सहयोग गरेकी हुन्। 

ज्यासमिनले आफ्नो दोस्रो जन्मदिनमा संकलित रकम बिद्यालयका सञ्चालक बिनोद शाहीलाई उपलब्ध गराएकी हुन। यान्जर बिद्यालयले बालबालिकाका लागि बालबालिकाको सहयोग अभियान संचालन गर्दै आएको छ।

माथिल्लो डोल्पाको विकट साल्दाङमा रहेको बिद्यालयका बालबालिकाका लागि न्यानो कपडा, पुस्तक तथा अन्य आवश्यक सामाग्री खरिद गर्न दुईलाख ६० हजार नेपाली रुपैया थपलिया परिवारले हस्तानान्तरण गरेको हो। अष्टे्रलियामा संकलित रकम काठमाडौंका रविन्द्र र समिर थेबेले शाहीलाई दिएका थिए।

ज्यासमिनका बाबुआमा राज र प्रमितिले छोरीको जन्मदिनमा धुमधामले मनाउदा लाग्ने खर्च र उनलाई दिने उपहार बराबरको रकम संकलन गरेर बिद्यालयलाई सहयोग गरेको बताए। 

अष्ट्रेलियाको पर्थमा नेशनवाईड हेल्थ एण्ड ऐजड केयर सर्विसका कर्मचारी राजलेसँगै बस्ने परिवारको सहयोगमा दुईवर्षको जन्मदिनको रकम हस्तानान्तरण गरेको बताए। 'तडकभडक गर्नुभन्दा सो रकम आवश्यक बालबालिकालाई दिएका हौं,' राजले भने। 

गैर आवासिय नेपाली संघका उपाध्यक्ष समेत रहेका राजले नेपालका विकट गाँउमा संचालित बिद्यालय र स्वास्थ्यका लागि संघले समेत सहयोग जुटाई रहेको बताए। डोल्पाका बिनोद शाही सहितले माथिल्लो डोल्पाको साल्दाङमा बालबालिकाका लागि प्राथमिक बिद्यालय चलाउदै आएका छन। 

बिद्यालयमा पढन आउने चालिसजना बिर्द्यार्थीका लागि आवश्यक किताब,कपि र कलम सहित शिक्षक शिक्षिकाका लागि सहयोग रकम खर्चगर्ने योजना रहेको शाहीले बताए। 

उनले हाल खुला चौरमा बिर्द्यार्थीको पठनपाठन भै रहेको छ। यान्जरले कक्षा पाँचसम्म साल्दाङ र आसपासका गाँउका बालबालिकाका लागि निशुल्क शिक्षा उपलब्ध गराउदै आएको छ। दैनिक बिद्यालय आउन कठिन भएका टाँढाका नौ जना बालबालिका हाल गुम्बामै बसेर अध्यन गरिरहेको शाहीले बताए।

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया