Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

कांग्रेस अधिवेशनका लागि विद्यालय नै छुट्टि !

सोमबार, १८ माघ २०७२

भक्तपुर - नेपाली कांग्रेसको नगर अधिबेशनका लागि जिल्लाका दुई वटा विद्यालय बन्द गरिने भएको छ । अधिबेशनका लागि दरवार स्क्वायरमा रहेको श्री पद्म उच्च माध्यमिक विद्यालय र सानो ठिमीमा रहेको आदर्श माविमा मंगलबारका लागि छुट्टि दिईएको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ ले विद्यालय क्षेत्रमा कुनै पनि राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । तर उक्त निर्देशिकाको विपरित हुने गरी श्री पद्मले मंगलबार विदा दिएको छ । विद्यालयका प्रधानाध्यापक राम हाडाले विद्यालय बन्द नगरिएको बरु मंगलबार शैक्षिक भ्रमण तय गरिएको बताए । विद्यालयमा पठन पाठन नविथोलिने गरी कार्यक्रम गर्न दिईएको उनको तर्क छ । 'राजनीतिक पार्टिहरु पनि जनताकै लागि कार्य गर्ने भएकाले उनीहरुको शान्तिपूर्वक गर्ने कार्यमक्रम गर्न दिईएको हो' उनले भने । विद्यालयले सोमबार दोश्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेर विदा दिएको हो ।

यो त्यहि विद्यालय हो जहाँ गत कात्तिक २० गते अन्र्तराष्ट्रिय फुटवलका खेलाडि डेबिड बेक्याहम आएका थिए । भूकम्पले क्षति पु¥याएको यो विद्यालय पुननिर्माण अभियानका लागि यूनिसेफ ले उनलाई उक्त विद्यालयमा पुर्याएको थियो ।

पढ्नुहोस्

खेलाडीले चर्चित बनाएको विद्यालय, सुधारमा दबाव

भक्तपुर जिल्लामा रहेका ६ वटा नगरपालिका मध्ये सर्व सम्मत नेतृत्व चयन भएको सूर्यविनायक बाहेक अन्य ५ वटा नगरमा मंगलबार निर्वाचन हुँदै छ । भक्तपुर र ठिमी नगरको चुनाव विद्यालय बन्द गरेरै गर्न लागिएको हो ।

विद्यालय बन्द भएकोले अधिबेशनको कार्यक्रम राखिएको कांग्रेस भक्तपुर नगर सभापति रविन्द्र प्रधानले बताए । 'पार्टि कार्यालयमा स्थान भएका ठाउँमा त्यहिँ गरिएको छ तर जहाँ ठाउँको अभाव भयो त्यहाँ मात्रै विद्यालय बन्द भएको हुँदा कार्यक्रम तय गरिएको हो' उनले भने ।

अनन्तलिङे्श्वर, नगरकोट र चाँगुनारायण नगरपालिकाको अधिबेशन भने पार्टि कार्यालय र अतिथी सदनमा गर्ने कार्यक्रम रहेको भक्तपुर कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति २०७२ माघ १८ गते

प्रतिक्रिया