Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जिशिअसहित सहित ९ जनालाई सफाइ !

आइतबार, १७ माघ २०७२

काठमाडौँ, १८ माघ । विषेश अदालतले बाँकेको तत्कालिन जिल्ला शिक्षा अधिकारी सहित ९ जनालाई सफाइ दिएको छ ।  पिसिएफ शिक्षक पदस्थापन समायोजनमा अनियमिताको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिशिअ भक्त बहादुर ढकालसहित ९ जनाविरुद्ध विषेश अदालतमा मुद्दा चलाएको थियो । 

सफाइ पाउनेमा तत्कालिन सहायक जिल्ला शिक्षा अधिकारी रामसुरेश यादव, शाखा अधिकृत मनप्रसाद रेग्मी रहेका छन् । सोही अभियोगमा अदालतबाट मुद्दा चलाइएका पेशागत संगठन अन्र्तगत नेपाल राष्ट्रीय शिक्षक संगठनका बाँकेका अध्यक्ष एकदेव पन्थी, नेपाल शिक्षक सघका अध्यक्ष रुद्र वली, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष अर्जुन पौडेलले सफाइ पाएका छन् । 

त्यसैगरी लोकतान्त्रिक शिक्षक फेडरेसनका अध्यक्ष सिताराम बर्मा, मधेशी शिक्षक फोरमका अध्यक्ष सत्यनारायण यादव र मधेशी शिक्षक फोरम लोकतान्त्रिक अध्यक्ष भोला प्रसाद तिवारीलाई पनि आइतबार विशेष अदालतले सफाइ दिएको छ ।

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया