Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नेपाली भाषाका शिक्षकहरु सङ्गठित

आइतबार, १७ माघ २०७२

काठमाडौँ, १८ माघ । चितवन जिल्लाका संस्थागत विद्यालयमा अध्यापनरत नेपाली भाषाका शिक्षक सङ्गठिन हुन थालेका छन् ।  नेपाली भाषाको संरक्षण र सम्वद्र्धन गर्नका लागि यसरी उनीहरु सङ्गठित भएका हुन् । 

शनिबार भएको एक भेलाले नेपाली भाषा शिक्षकको छाता सङ्गठन गठन गर्ने निर्णय गरेको नेपाली शिक्षक द्वारिका नेपालले जानकारी दिए । भेलामा करिब ३० जना शिक्षक÷शिक्षिका उपस्थित भएका थिए । 

भेलाले श्रीप्रसाद ढुङ्गानाको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिका अन्य सदस्यमा लक्ष्मीकान्त चालिसे, द्वारिका नेपाल, सिर्जन अविरल, थानप्रसाद सुवेदी, भगवती ढकाल, विद्या भण्डारी, दयानिधि अर्याल, रामजी भट्टराई, कृष्णमणि पहारी, इन्दिरा कार्की, शान्ति शर्मा रहेका छन् ।

बाँकी तीन जना सदस्य पूर्वी चितवनका विद्यालयका शिक्षकमध्येबाट छनोट गरी मनोनयन गर्ने भेलाले निर्णय गरेको छ । जिल्लाभरि नेपाली विषय अध्यापनमा एकरुपता ल्याउने, नेपाली विषय अध्यापनरत शिक्षकबीच समन्वय र एकता कायम गर्ने संस्थाको उद्देश्य छ । 

शिक्षकलाई समयानुकूल प्रशिक्षण प्रदान गर्ने, नेपाली विषयसँग सम्बन्धित पत्रिका प्रकाशन गर्नेलगायतका उद्देश्यलाई केन्द्रमा राखेर सङ्गठन निर्माण गरेको संयोजक श्रीप्रसाद ढुङ्गानाले जानकारी दिए । 

रासस 

 

प्रतिक्रिया