Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

बाल शिक्षामैत्री गाविस घोषणाका लागी पहिलो गाविस छनोट 

आइतबार, १७ माघ २०७२

काठमाडौँ, १८ माघ । जुम्लाको लाम्रा गाविसलाई पहिलो बालमैत्री गाविस घोषणाका लागि छनोट गरिएको छ । 

जिल्लास्थित सरोकार भएकाहरुबीच भएको छलफलले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ सो गाविसले अधिकतम कार्यान्वयनमा ल्याएकाले गाविसलाई छनोटमा प्राथमिकता दिइएको वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुड्थापाले जानकारी दिए ।

कार्यविधि अनुसार तोकिएका सूचकमा लाम्रा गाविसले बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका न्यूनतम सूचकभित्र रहेर काम गरेको उनको भनाइ छ । सडक सञ्जाल नजिक रहेको लाम्रा गाविसले गाविसस्तरीय बाल सञ्जाल गठन गरेको छ । अधिकतम विकास साझेदार निकायले सो गाविसमा काम गर्दै आएका छन् । 

त्यसैगरी दोस्रो बालमैत्री गाविस घोषणाका लागि डिल्लीचौर गाविसलाई छनोट गरिएको छ । जिल्लाका सबै गाविसका सचिव तथा सरोकारभएकाहरुले दुई गाविसलाई प्राथमिकता पारेको जिविस जुम्लाले जनाएको छ । 

नेपाल सरकार र युनिसेफ नेपालको सहकार्यमा सन् २००८ देखि बाल अधिकार सुनिश्चितताको प्रत्याभूत गराउन यो कार्यक्रम जुम्लामा निरन्तर छ । 

आव ०७३÷०७४ को अन्तिमसम्म दुवै गाविसलाई बालमैत्री गाविस घोषणा गरिसक्ने लक्ष्य लिइएको छ । 

रासस 

 

प्रतिक्रिया