Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

भूकम्पपीडितलाई राहत, विद्यार्थीलाई सहयोग

आइतबार, १७ माघ २०७२

काठमाडौँ, १८ माघ । मानव अधिकार तथा शान्ति समाजले नुवाकोट जिल्लाको कुमरी डाँडागाउँका भूकम्पपीडित १०९ घरपरिवारलाई न्यानो कपडास्वरुप कम्बल वितरण गरेको छ । स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रु एक लाख ६७ हजारको न्यानो कपडा तथा अन्य पाठ्य सामग्री उपलब्ध गराएको छ । 

समाजका महासचिव उत्तम पुडासैनीले विभिन्न स्रोतबाट आर्थिक सहयोग सङ्कलन गरी भूकम्प प्रभावित क्षेत्रका पीडितलाई जाडोमा ओड्ने कम्बल तथा विद्यालयमा पढ्ने विद्यार्थीका लागि न्यानो कपडाका साथै पाठ्यसामग्री वितरण गरी मानवीय सहयोग उपलब्ध गराएको जानकारी दिए ।  

उनले आगामी दिनमा भूकम्प प्रभावित अन्य क्षेत्रमा समेत यस किसिमको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मानव अधिकार तथा शान्ति समाज, हेल्प नेपाल, पुडासैनी मैत्री समाज तथा राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा राहत वितरण गरिएको हो । 

रासस 

 

प्रतिक्रिया