Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

स्ववियु चुनाव असार मसान्त भित्र गर्न सुझाव

आइतबार, १७ माघ २०७२

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति तय गर्ने विषयमा छलफल शुरु गरेको छ । विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी संघ संगठनका प्रतिनिधिहरुसँग आईतबार विश्वविद्यालयले छलफल गरेको हो ।

छलफलमा विद्यार्थी प्रतिनिधिहरुले आगामी चैत देखि असार मसान्तसम्म निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका छन् । विश्वविद्यालयको शैक्षिक सत्रको अन्त्यको समय, परीक्षा, मध्यावधि परीक्षा, पठनपाठन र भर्ना आदिलाई ध्यान दिदाँ उक्त समय अनूकुल हुने विद्यार्थी प्रतिनिधिको राय थियो ।

मितिका बारेमा विद्यार्थी संघ संगठनहरुले आन्तरिक र अन्तर संगठनविच छलफल गरी अर्को वैठकमा मिति तोक्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले विश्वविद्यालय चौथो सभाले उमेरको हदबन्दी २८ बर्ष र मिश्रित चुनावी प्रणाली सहितको नियमावली संसोधन गरी सकेको भन्दै सोही अनुसार प्रकृया शुरु गर्न विश्वविद्यालय तयार रहेको बताए ।

स्ववियु विश्वविद्यालयको एक वैधानिक अंग रहेकोले यसको चुनाव गर्न क्रियाशील विद्यार्थी संघ संगठनहरूसँग आवश्यक छलफल र परामर्श गरी मिति तय गर्ने योजना रहेको समेत उनले बताए ।
छलफलमा अनेरास्ववियुका तर्फबाट गगनसिंह ठकुरी र भारत शाही, नेविसंघका तर्फबाट यज्ञबहादुर राम्जाली र सुशील भट्टराई, अखिल (क्रान्तिकारी ) का भुपालसिंह ठकुरी, ललित वली, भिम कठायत, कमलसिंह बुढा लगायतको सहभागिता थियो ।

साविकको वीरेन्द्रनगरमा बहुमुखी क्याम्पस र पब्लिक साइन्स क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएपछि विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन सकेको छैन ।  विश्वविद्यालयको ऐनमा केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति सिनेटको पदेन सदस्य हुने प्रावधान छ ।

प्रकाशित मिति २०७२ माघ १७ गते

प्रतिक्रिया