Edukhabar
मंगलबार, ०८ असोज २०८१
विचार / विमर्श

कांग्रेस महाधिवेशन प्रकृयामा सहभागि शिक्षक प्रति

आइतबार, १७ माघ २०७२

- केशवप्रसाद भट्टराई / शिक्षक साथीहरू गर्वका साथ कांग्रेसको निर्वाचनमा कुनै पदमा निर्वाचित् भएको घोषणा गरेर फेसबुकमा समाचार हालिरहनु भएको छ । शिक्षक पदमा रहुञ्जेल कांग्रेसको सहयोगी, समर्थक र शुभेच्छुक हुन त हुन्छ, तर कुनै निर्वाचित् पदमै बसेर काम गर्न भने हुन्न भन्ने मेरो मान्यता हो !

२०४६ साल अघिको परिस्थिति अलग हो ! त्यो बलिदानको समय थियो , अवसरको समय थिएन !

कसैले १०–४ पो शिक्षक भन्नु हुन्छ !

त्यसो भए दस– चार बाहेकको अवधिमा उहाँहरुलाई कुनै विद्यार्थीले भेटे उहाँहरुको परिचय के हो ?

प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी वा अन्य अधिकारीहरू १०–४ बाहेक के हुन् ? शीतल निवास र सिंहदरवार बाहिर आएपछि राष्ट्रपति र प्रधानमन्त्रीको परिचय फेरिन्छ ?

शिक्षक शिक्षक हो , ऊ पार्टी कार्यकर्ता हुन हुँदैन !

शिक्षक पार्टी कार्यकर्ता हुनु र बनाउनु अनैतिक र अराजनीतिक कार्य हो !

मण्डले चरित्रको प्रदर्शन हो ! उनीहरुका पथप्रदर्शक पदम ठकुराठी, कमल थापा र दिलनाथ गिरी हुन् , हद्द भए प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ होलान् !

विश्वेश्वरप्रसाद कोइराला होइनन् !
हुनै सक्दैनन् !!!

नेपाल शिक्षक यूनियनका पूर्व अध्यक्ष भट्टराईको फेसबुकबाट

प्रतिक्रिया