Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

शिक्षा गुणस्तरीय नभएसम्म देश विकास हुदैन् : पूर्वमन्त्री साउद

आइतबार, १७ माघ २०७२

कञ्चनपुर, १६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नारायणप्रकाश साउदले अहिलेका शिक्षा व्यवासायिक नभएको भन्दै युगसुहाउदो शिक्षा चाहिने बताएका छन् । 

शनिबार कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

वर्तमान समयमा युगसुहाउँदो गुणस्तरयुक्त शिक्षाको खाँचो रहेको उनको भनाई थियो ।  शिक्षा गुणस्तरयुक्त नभए दक्ष जनशक्ति उत्पादन नहुने र देश विकासमा बाधा पर्ने भएकाले गुणस्तरीय शिक्षाका लागि वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न आवश्यक भएको उनले बताए । 

उनले गुरुयोजनाअन्तर्गत दोदा नदीमा अधुरो तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाउनका लागि प्रतिबद्ध रहेको दाबी गरे ।  सनवोरा, स्याली र चुरेक्षेत्र भएर बग्ने नदीहरुले बर्सेनि वर्षात्का बेला विनाश निम्त्याउँदै आएकाले यसको रोकथामका लागि प्रयास गरिनु आवश्यक भएको उनले बताए ।  रासस 

 

 

 

प्रतिक्रिया