Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जन्मदिनको खर्चले विद्यार्थीलाई शैक्षिक सामग्री

शनिबार, १६ माघ २०७२

काठमाडौँ, १६ माघ । आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कार पछिल्लो समय समाजमा बढ्दै गएको छ ।  यसैक्रममा पर्वतका एक युवाले आफ्नो जन्मदिनमा विकट गाउँका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । 

मुडिकुवा गाविस– ६ श्रीसुवामा निवासी अच्युत तिवारीले आफ्नो २७औँ जन्मदिन मुडिकुवा–७ चुरीमा रहेको बाल प्राथमिक विद्यालयमा अध्ययनरत ३६ जनालाई रु ५० हजारभन्दा बढीका शैक्षिक सामग्री हस्तान्तरण गरेर मनाएका हुन् । 

कुश्माको एकता युवा क्लबका अध्यक्षसमेत रहेका तिवारीले जन्मदिनमा गर्ने अनावश्यक खर्च जोगाएर बालबालिकालाई सहयोग गर्दा आत्मसन्तुष्टि मिलेको दाबी गरे ।  कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला इन्जिनियर रवीन्द्र तिवारीले अनावश्यक खर्च गर्ने समाजका बीचमा तिवारीले गर्नुभएको सामाजिक काम अरुका लागिसमेत प्रेरणादायी भएको बताए । 

विद्यालयका प्रधानाध्यापक शङ्करदेव गौडेलले विद्यार्थीका लागि यो अहिलेसम्मकै ठूलो सहयोग भएको भन्दै सहयोगबाट विद्यार्थीलाई नियमित विद्यालय आउन हौसला मिल्ने बताए । 

रासस

प्रतिक्रिया