Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

नेपाली वैज्ञानिकलाई स्वदेश फर्काइने 

शनिबार, १६ माघ २०७२

काठमाडौँ, १६ माघ । विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापाले वैज्ञानिकको विदेश पलायनलाई कम गरी उनीहरुलाई स्वदेशमै सेवाका लागि वातावरण सिर्जना गरिने बताएका छन् ।  

‘अर्थ व्यापार’ पत्रिकाको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित सम्मान कार्यक्रममा मन्त्री थापाले प्रतिभा पलायन रोकी वैज्ञानिकलाई स्वदेशमै सेवा गर्ने अवसर सिर्जना गर्न मन्त्रालयले कार्ययोजना ल्याउने बताए ।  

कार्यक्रममा नेकपा (एमाले), पर्यटन विभाग इन्चार्ज सूर्य थापाले भारतीय अघोषित नाकाबन्दी चाँडै अन्त्य आशा व्यक्त गर्दै त्यसपछि अर्थ र पर्यटन क्षेत्रले गति लिने बताए ।  कार्यक्रममा शिक्षा क्षेत्रबाट डा खुमराज पौडेल, उपभोक्तावादीमध्येबाट माधव तिमल्सिना, सामाजिक र पत्रकारिताबाट शिव अधिकारी र प्रदीप न्यौपानेलाई सम्मान गरिएको थियो । 

रासस 

 

प्रतिक्रिया