Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यालयलाई राज्यमन्त्रीको सौर्य ऊर्जा !

शनिबार, १६ माघ २०७२

काठमाडौँ, १६ माघ । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले देशको शैक्षिक विकास एवम् सुधारका लागि वर्तमान सरकार नीतिगत सुधारमा लागेको बताएका छन् । 

कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकास्थित राष्ट्रिय उमाविको ५८ औँ वार्षिकोत्सव समारोहमा राज्यमन्त्री भण्डारीले शैक्षिक गुणस्तर, सुधार र सरकारी स्कुलको विकासका लागि सरकार नीतिगत सुधारमा जुटिरहेको जानकारी दिए । 

सोही कार्यक्रममा सांसद कृपाराम रानाले विद्यालयलाई सौर्य ऊर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

रासस 

 

प्रतिक्रिया