Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विद्यार्थी पोसाकमै चलचित्र हेर्न जाने ३१ छात्रछात्रा पक्राउ

शनिबार, १६ माघ २०७२

काठमाडौँ, १६ माघ । कलेज पोसाकमै चलचित्र हेर्न गएका विद्यार्थीलाई भक्तपुरको बाराही मुभिज सूर्यविनायकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी टोलीले काठमाडौँ उपत्यकाका १० उमाविका कलेज पोसाकमै आएका ३१ छात्रछात्रालाई चलचित्रघरबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण वज्राचार्यले जानकारी दिए ।  

प्रहरीले छापा मारेपछि कतिपय विद्यार्थीले कलेजको कोट र ज्याकेट खोली झोलामा हालेर भाग्ने प्रयास गरेका थिए ।  पकाउ परेका छात्रछात्रालाई सम्बन्धित उमाविका शिक्षक र अविभावकको जिम्मा लगाएर आजै छाडिएको प्रहरी उपरीक्षक वज्राचार्यले बताए । 

प्रहरीले चलचित्रघरका मालिक श्याम जोशीलाई समेत नियन्त्रणमा लिएको छ ।

रासस 

 

प्रतिक्रिया