Edukhabar
मंगलबार, ०८ असोज २०८१
गतिविधि

परीक्षाफल प्रकाशित !

शुक्रबार, १५ माघ २०७२

काठमाडौँ, १५ माघ । मध्यपश्चिमान्चल विश्वविद्यालय सुर्खेतको विज्ञान तथा प्रबिधि सङ्काय अन्तर्गत २०७२ मङ्सिर महिनामा संचालित दोश्रो सेमेष्टरको स्नातक तहको  परीक्षाफल प्रकाशित भएको छ । 

नतिजा बुधबार प्रकाशित भएको हो । नतिजा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वेबसाइट www.mwu.edu.np मा हेर्न सकिने विश्वविद्यालयका सूचना अधिकारी बिष्णु कुमार खड्काले जानकारी दिए ।

सेवा आयोग र कार्यकारीबीच समन्वय !

यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको कार्यकारी परिषद र सेवा आयोग विच आपसी सहमति, सहकार्य र सहअस्तित्वमा रहेर विश्वविद्यालयका गतिबिधिहरू अगाडी बढाउने विषयमा संयुक्त बैठक बसी सो सम्बन्धि काम गर्न एक समन्वय समिति गठन भएको छ। 

विश्वविद्यालयका उपकुलपति प्रा.डा.उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा बसेको उक्त संयुक्त बैठकले समग्र विश्वविद्यालयको प्रशासनिक, शैक्षिक प्राज्ञिक उन्नयन र विकासका लागि बिगतको समिक्षा सहित आगामी दिनमा सहकार्य र सहमतिमा काम गर्ने निर्णय गरेको हो । 

बैठकले उपकुलपति डा. कोइराला, सेवा आयोगका अध्यक्ष प्रा.डा.नवराज कडेँल, रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल र  सेवा आयोगका सदस्य प्रा.डा. श्रीराम प्रसाद उपाध्याय रहेको एक समन्वय समिति समेत गठन गरेको विश्वविद्यालयका सुचना अधिकारी खड्काले जानकारी दिए ।   

विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीको स्थायित्व र पदोन्नतिको प्रक्रिया अगाडी बढाउन सेवा आयोगका अध्यक्ष र सदस्यले बिशेष अदालतबाट सफाई पाए लगत्तै शिक्षक तथा कर्मचारी नियुक्तिका आधार, कार्य सम्पादन मुल्यांकन कार्य क्षमता, अंक विभाजन तथा सिफारिस सम्बन्धि कार्यविधिलाई अन्तिम रूप दिन र अन्य आवश्यक कागजात सहित प्रक्रिया अगाडी बढाउन विश्वविद्यालयको कार्यकारी परिषद र सेवा आयोग बीच  समन्वय गर्ने काम उक्त समन्वय समितिले गर्ने जनाइएको छ। 

 

प्रतिक्रिया