Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

मिलेमतो गर्दै शिक्षक पदस्थापन !

विहीबार, १४ माघ २०७२

काठमाडौँ, १४ माघ । शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तका लागी सिफारिस भएका शिक्षकहरुको पदस्थापनामा अनियमितता भएको पाइएको छ।  शिक्षा विभागबाट गरिएको छानबिनमा काठमाडौँ जिल्ला शिक्षा कार्यालयमा यस्तो अनियमितता भएको पाइएको हो ।

आयोगबाट १ सय २० शिक्षकको पदस्थापनका लागी सिफारिस भएकोमा २७ शिक्षकसंग मिलेमतो गरेको पाइएको हो । शिक्षा कार्यालयले शिक्षकले रोज्दै नरोजेको विद्यालयमा र मेरिटमा पछाडी भएकालाई अगाडी राखेर पदस्थापना गरिएको छ। मेरिटका आधारमा एउटा विद्यालयमा नियुक्ति दिनुपर्ने शिक्षकलाई अर्को विद्यालयमा नियुक्ति गरिएको निष्कर्ष निकालिएको हो ।
आयोगबाट सिफारिस भएका अंग्रेजी विषयका शिक्षक सुर्यचन्द्र गिरीको पदस्थापन काठमाडौँको कपनस्थित ग्रामीण शिक्षा उच्च माविमा हुनुपथ्र्यो । तर शिक्षा कार्यालयले प्रभात माध्यामिक विद्यालय नघलमा पदस्थापन गर्यो ।
अंग्रेजी विषयकै शिक्षिका ज्योती पाण्डेले ज्ञानोदयलाई एक नम्बरमा रोजेकी थिइन् । तर, उनलाई तरुण मावि बालाजुमा पठायो । मेरिटमा पछाडी रहेकी मञ्जु लामालाई भने ज्ञानोदयमा पदस्थापन गरियो । शिक्षा कार्यालयले माध्यामिक तहको स्थायी शिक्षकहरुका लागी विज्ञापन माग फारम भर्दा विषयगत रुपमा अंग्रेजीको २३, नेपाली २५, गणित २४, विज्ञान २०, सामाजिक १५, स्वास्थ्य जनसंख्या वातावरणमा ९, अर्थशास्त्रमा ६ र लेखामा ८ जना माग गरेको थियो ।

माग अनुसार शिक्षकको विवरण कार्यालयमा पठायो । तर कार्यालयले पदस्थापना गर्दा विभाग र क्षेत्रीय कार्यालयको दिर्नेशन पालना नगरी मिलेमतोमा आफुखुसी नियुक्ति गरेको पाइएको हो ।

(कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन्।)

प्रतिक्रिया