Edukhabar
सोमबार, ०७ असोज २०८१
गतिविधि

कहाँ पुग्यो एसएलसी प्रश्न पत्रको छपाई ?

विहीबार, १४ माघ २०७२

काठमाडौँ, १४ माघ । यस बर्षको एसएलसी परीक्षाका लागी प्रश्नपत्र छपाईको काम भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।  लेटर ग्रेडिङमा नतिजा प्रकाशन हुने यस बर्षको एसएलसी परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुदैछन् ।

सबै जिल्लाबाट परिक्षामा सहभागी हुने विद्यार्थीको तथ्यांक आउने काम भइरहेकाले अहिले नै एकिन संख्या सार्वजनिक गर्न नमिलेको परीक्षा सहायक नियन्त्रक अनुपचन्द्र श्रेष्ठले एडुखबरलाई बताए । हालसम्म साढे ५ लाख विद्यार्थीले एसएलसी दिने फर्म भरेको तथ्यांक केन्द्रमा आइसकेको उनले बताए ।

चैत्र १८ गतेबाट शुरु हुन लागेको यस बर्षको एसएलसी परीक्षा व्यवस्थित, निष्पक्ष, अनुशाषित र उत्कृष्ट हुने उनले जानकारी दिए ।

प्रतिक्रिया