Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भूकम्प प्रभावित विद्यालयमा स्वयंसेवक परिचालन !

विहीबार, १४ माघ २०७२

काठमाडौँ, १४ माघ । भुकम्पपश्चात शैक्षिक राहत तथा मनोविमर्श सहयोगका लागि ‘ग्लोबल एक्सन नेपाल’ र ‘ज्ञान रिसर्च एण्ड लर्निङ्ग रिसोर्स सेन्टर’ ले पाँच जिल्लामा २७ जना राष्ट्रिय स्तरका युवा स्वयमसेवक परिचालन गरेको छ ।

भुकम्प तथा भविष्यमा आइपर्न सक्ने बिपत्तिको कारणले असहज स्थितिमा रहनुपर्न सक्ने अवस्थामा स्थानीयस्तरका युवामा तालिम तथा आवश्यकताअनुसार बालबालिका तथा अभिभावकमा मनोसामाजिक सेवा प्रदान गर्ने सीप अभिवृद्घि बताए ।

स्वयंसेवकले तत्कालीन उद्घार गर्न सकिने संभावित उपायसम्बन्धी जानकारी तथा अभ्यास र हरेक कार्य क्षेत्रमा लामो समय सम्म टिकाउ हुने किसिमका २० अस्थायी सिकाई केन्द्र स्थापना गराएका थिए । यस्तै ती केन्द्रका कक्षा कोठालाई बालमैत्री कक्षाकोठा निर्माण गरिएको थियो । टोलीले २१० सामुदायिक विद्यालयका शिक्षकका लागि बालमैत्री कक्षा सृजनशिल सिकाईसम्बन्धी सञ्चालन गरेको थियो ।

स्वयंसेवकको सम्मानमा बुधबार आयोजित कार्यक्रममा शान्ति तथा पुनः निर्माण मन्त्री एकनाथ ढकालले प्रमाणपत्र प्रदान गरेका थिए । मन्त्री ढकालले युवा नै राष्ट्रको आधार भएकाले देश निर्माणको अभियानमा युवाको भुमिका अहम हुने दाबी गरे ।

रासस

प्रतिक्रिया