Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयद्धारा ६८ कर्मचारीको काज फिर्ता

बुधबार, १३ माघ २०७२

काठमाडौँ, १३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रको पटक पटकको ताकेतापछि शिक्षा मन्त्रालयले आफ्ना कर्मचारीको काज फिर्ता गरेको छ । पुर्व शिक्षा मन्त्री चित्रलेखा यादवले विभिन्न मितिमा कर्मचारीहरुको  काज सरुवा गरेकामा त्यसलाई अहिलेका शिक्षामन्त्री गिरीराजमणी पोखरेलले त्यसलाई फिर्ता गरेका छन् ।

मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार लामो समयसम्म कर्मचारीलाई काजमा राख्न नमिल्ने भएकाले फिर्ता गर्नुपरेको बताइन् ।  ‘लामो समयसम्म काजमा राख्दा राम्रो हुदैन् की भन्ने हो’ उनले भनिन् ‘यसैलाई ध्यान दिएर काज फिर्ता गरिएको हो ।’  मन्त्रालयले आफ्ना ६८ कर्मचारीहरुको काज मंगलबार फिर्ता गरेकोमा उनीहरुमध्ये उपसचिव र केही बि.नि.तथा प्रा. स. पनि परेका छन् ।  

यसअघि सामान्य प्रशासन मन्त्री रेखा शर्माको काजमा कर्मचारी नराख्ने प्रतिबद्धतालाई स्वागत गरेका शिक्षामन्त्री पोखरेलले अख्तियार र सतर्कता केन्द्रको पटक पटकको दबाबपछि आफ्नो मन्त्रालय मातहतका काज फिर्ता गर्न बाध्य भएका हुन् ।

कर्मचारीको काज फिर्ता गर्न दबाब दिदै आएको  नेपाल राष्ट्रिय कर्मचारी संगठन, शिक्षा बिभागीय समितिले काज फिर्ता गर्ने मन्त्रालयको कदमको स्वागत गरेका छन् ।

प्रतिक्रिया