Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

१७ गाविस एकैपटक साक्षर घोषित !

बुधबार, १३ माघ २०७२

काठमाडौँ, १३ माघ । आगामी असारभित्रै ‘साक्षर बागलुङ’को लक्ष्य भेटाउन हालसम्म सत्र गाविसलाई साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशत पुगेपछि गाविसलाई साक्षर घोषणा गर्ने गरेको छ ।

साक्षर हुनेमा हरिचौर, भकुण्डे, लेखानी, रेश, दुदिलाभाटी, मालिका, अर्जेवा, मल्म, काँडेबास, पालाकोट र रायडाँडा गाविस छन् । त्यस्तै थप गाविसमा तित्याङ, पैँंयुथन्थाप, कुश्मीसेरा, हटिया, रिघा र सर्कुवा रहेको अनौपचारिक शिक्षा शाखाका अधिकृत सरिता गौतमले जानकारी दिए ।

त्यस्तै नरेठाँटी, पाण्डवखानी, बोहरागाउँ लगायतका गाविस पनि छिट्टै साक्षर घोषणा हुने क्रममा रहेको उनले बताए ।  सबैभन्दा पछिल्लो सर्कुवा गाविस सोमबार मात्रै १७ औँ साक्षर गाविसका रुपमा घोषणा भएको हो ।

साक्षरता उन्मूलन गर्ने सरकारी लक्ष्य पूरा गर्न जिल्लामा साक्षरता अभियानलाई तीव्रता दिइएको छ । अघिल्ला दुई वर्षमा साक्षरता सघन कार्यक्रम चलाई जिल्लाभरमा साक्षरताको दर ९५ दशमलव ३७ प्रतिशत पु¥याइएको अधिकृत गौतमले बताए ।

अब जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका चार दशमलव ६३ प्रतिशत मात्र निरक्षर रहेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए ।

रासस

प्रतिक्रिया